अन्ततः उद्योग बाणिज्य संघ धनकुटाको निर्वाचन स्थगित
धनकुटा खबर, २७ मंसिर । नयाँ व्यावसायी र नविकरण गर्न छुटेका व्यावसायी लाई संगठित हुने अवसर बाट बञ्चित गरिएको भन्दै केहि व्यावसायीहरुले उद्योग बाणिज्य संघ धनकुटाको कार्यलयमा ताला लगाए पछि मंसिर २८ गते हुने निर्वाचन अन्ततः स्थगित भएको छ ।
उद्योग बाणिज्य संघको निर्वाचन समितीको आज बसेको बैठकले उद्योग बाणिज्य संघ धनकुटाको कार्यलयमा ताला लगाएइएको र निर्वाचन गर्ने बताबरण नभएकोले अर्का सुचना प्रकाशित नभए सम्मको लागि निर्वाचन स्थगित गरिएको निर्वाचन आयूक्त विकास प्रधानले जानकारी दिए ।
मंसिर २३ गते साधारणसभा भएको उद्योग बाणिज्य संघको मंसिर २८ गते निर्वाचन हुने कार्यतालिका रहेको थियो ।



