पोर्चुगलमा ३ जना नेपालीको ज्या’न गयो
काठमाडौं, १ पुस । पोर्चुगलमा आठ दिनभित्र तीन जना नेपालीको ज्या न गएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा नि धन भएको छ ।
थापाको हृ दयघा तका कारण नि धन भएको पारिवारिक स्रोतले जनाएको छ । थापा सपरिवार पोर्चुगल बस्दै आएका थिए । उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । थापाको अन्तिम दा हसंस्कार पोर्चुगलमै गरिने एनआरएनए पोर्चुगलका सचिव यमेन्द्र घर्तीमगरले बताउनु भयो ।
यसैगरी डिसेम्बर ८ मा नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको नि धन भएलगत्तै गएको मंगलबार झण्डै एक वर्षअघि पोर्चुगल आएका पोखराका २९ वर्षीय युवकको उनकै कोठामा मृ त्यु भएको थियो । ती पोखरेलीको नामसहितको विवरण प्राप्त भए पनि मृ तकका परिवारको सल्लाहअनुसार सार्वजनिक नगर्न एनआरएनए पोर्चुगलले अनौपचारिक जानकारी गराएको छ ।
उनको श व जोजेजु आकिम फेर्नान्दिस अस्पताल बेजामा राखिएको छ । श व परीक्षण रिपोर्टमा अत्याधिक रक्सी सेवनका कारण बान्ता गर्दा श्वासप्रश्वास नली बन्द भइ अक्सिजनको कमी हुँदा मृ त्यु भएको चिकित्सकलाई उद्धृत गर्दै प्रवासी नेपाली एकता मञ्चका सदस्य नारायण शर्माले बताउनु भयो । मृ तकको श व नेपाल पठाउनका लागि प्रक्रिया अगाडि बढाइएको एनआरएनएले जनाएको छ ।


