पाख्रीवासको जाल्पादेवी माविमा भब्यताकासाथ मनाईयो ‘हिरक जयन्ति’, अब नमूना विद्यालय बनाऊन पहल गरिने
धनकुटा खबर, पौष ३ । प्रतिनीधि साभाका सदस्य राजेन्द्र कुमार राईले आउँदो वर्ष पाख्रीवासको जाल्पादेवी माद्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा स्थापीत गर्न आफ्नो तर्फवाट पहल गर्ने वताउनुभएको छ ।
आज विद्यालयको ६० औ वार्षिकोत्वस हिरक जयन्ति तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले त्यस्तो वताउनुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोवित निरौलाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा उहाँले भन्नुभयो “तपाईहरु ढुक्क हुनुहोस् आउँदो वर्ष जाल्पादेवी माद्ययमिक विद्यालय नमूना विद्यालय वन्छ ।” उहाँले विद्यालयमा छात्रावास निर्माण तथा सूचना प्रविधि प्रणाली व्यवस्थापनका लागि पनि पहल गर्ने वताउनुभयो ।

त्यस्तै गरि १ नं प्रदेश संसद ईन्द्रमणी पराजुलीले अहिले मुलुकको प्राथामिक्ता भनेको स्थायी शान्ति स्थापना गर्ने र समृद्ध मुलुक वनाउने तर्फ उन्मुख रहेको स्पष्ट पार्नुभयो । त्यसैले समृद्ध मुलुक निर्माणका लागि भविष्यका कर्णधार विद्यार्थीहरुका लागि आजै देखी राम्रो र उत्पादन मुलक तरिकाले लगानि गर्नुपर्ने उहाँले वताउनुभयो । यसका लागि आफुले शिक्षा नीति देखि सम्पूर्ण कुरामा पहल गर्ने वताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकनाथ अधिकारीले विद्यालयको वार्षिक गतिविध तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विद्यालयमा खानेपानी, सूचना प्रविधि प्रणाली, छात्रावास लगायतको समस्या रहेको जानकारी गराउनुभएको थियो । भने प्राविधिक शिक्षा तर्फको प्रतिवेदन संयोजक राजेन्द्र राईले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक टंक चौहान, पाख्रीवास नगरपालिका प्रमुख वृष वहादुर राई,नेकपा नगर अध्यक्ष शान्तिराम गौतम,शिक्षक अभिभावक संघका किरण राई,हिले माविका सह प्रधानाध्यापक गणेश पीठाकोटे, सयपत्री वोर्डिङ स्कूलका सञ्चालक ज्ञान वहादुर गुरुरुङ,पूर्व विद्यालय व्यवस्थापन समितिका हरि कुमार राई लगायतकाले विद्यालयको शैक्षिक स्तर थप गुणस्तरिय वनाउन शिक्षक,विद्यार्थी, अभिभावक सहित सरोकारवाला सवै सजग हुन आवश्यक रहेको भन्दै विद्यालयलाई आ आफ्नो तर्फवाट आवश्यक सहयोग पुर्याउने वताएका थिए ।

त्यस्तै सोही विद्यालयमा शैक्षिक ज्ञान हाँसिल गरि अहिले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष निरौलाले शिक्षा त्यस्तो हतियार हो यसले संसार वदल्न सक्छ भन्ने प्रसिद्ध अफ्र्रिकन राष्ट्रपति नेल्शन मण्डेलाको भनाई जोड्दै यही विदालयको शिक्षाको कारण आफु नेतृत्व तहसम्म पुगेको वताउनुभयो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयल प्रतिनीधि सभा संसद राजेन्द्र राईलाई दोसल्ला ओढाई कदर पत्र प्रदान गरि सम्मान गरेको थियो भने विद्यालयका जग्गादाता शंखर वहादुर सुनार लाई दोसल्ला र कदर पत्रले, प्राविधिक शिक्षा तर्फका ६ जना विद्यार्थीहरुलाई नगद ५ हजार सहित सम्मान पत्रले सम्मान गरेको थियो । विद्यालयमा लामो समय सम्म जागरुक भई काम गरेका शिक्षकहरु रञ्जित गरागाई,गोपाल निरौला र मान वहादुर राईलाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै विद्यालयले साताव्यापी रुपमा सञ्चालन गरेको फुटवल,भलिवल,हाजिरीजवाफ लगायत प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई,शिल्ड,कपी,डटपेन लगायत पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक किशोर राईले गर्नुभएको थियो ।


