भेडी गोठमै पसेर कुकुरले मा’र्यो भेडा, ३ लाख बढीको क्ष’ती
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका ३ का स्थानिय वुद्धी भट्टराईको भेडी गोठमा पालिएको भेडा कुकुरले खादा ३ लाख वढीको क्ष ती भएको छ ।
विहिवार राती ४, ५ वटाको समूहमा आएको सिकारी कुकुरले सो गाउँपालिकाको वडा नं २ मा रहेको भट्ट्राराईको भेडी गोठमा पसी १३ वटा भेडालाई आ क्रमण गरी क्ष ती पुर्याएको हो । जसमध्ये एउटा र आधा खाएको ४ वटा मा रेको र अरुलाई घा ईते वनाएको पाईएको घ टनाको अवलोक गरी फर्किनुभएका गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।
पुर्ख्यौली पेशा कै रुपमा भेडा पालन गर्दै आउनुभएका भट्टराईले गोठ मै पुगी कुकुरले यसरी भेडा मा रिदिदा ३ लाख वढीको क्ष ती भएको गुनासो गर्नुभयो । यस विषयमा गाउँपालिकाका उप-प्रमुख भीमकला श्रेष्ठ र स्वास्थ्यशाखा प्रमुख डङ्गोल उहाँको भेडीगोठमा पुगी जानकारी लिनुभएको भट्ट्राराईले वताउनुभयो ।


मा रिएका र घा ईते वनाईएका भेडा अहिले पनि गोठ मै रहेको भट्टराईको भनाई छ । – तस्विर स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलको सहयोगमा ।


