धनकुटाको पाख्रीबासमा नयाँ बर्षको स्वागत यसरी गरिदैछ
तमु ल्होसारको अवसरमा धनकुटाको पाख्रीवासमा साँस्कृतीक तथा सम्मान कार्यक्रम
शर्मिला राई, धनकुटा खबर, पौष १४ । तमु ल्होसारको अवसरमा धनकुटाको पाख्रीवासमा विविध साँस्कृतीक तथा सम्मान कार्यक्रमको आयोजना गरिदै छ ।
नेपालका विभिन्न जातजाती तथा भाषा भाषीका समुदाय मध्येका एक (तमु)गुरुङ्ग समुदायको ल्होसार वा नयाँ वर्ष पौष १५ को अवसरमा आज साँझ देखी साँसकृतिक कार्यक्रमको आयोजना गर्न लागिएको नेपाल वाैद्ध गुम्वा समाज पाख्रीवासले जनाएकाे छ ।
जसअनुसार आज वेलुकी नाचगान सहित मध्येराती ११ वजेर ५९ मिनेटमा पूरानाे वर्षलाई विदाई गरि १२ वजे नयाँ वर्षकाे स्वागत गरिने नेपाल वाैद्ध गुम्भा विकास समाज पाख्रीवासका अध्यक्ष भक्त वहादुर गुरूङले वताउनुभयाे ।

त्यसपछि भाेलि विहान ८ वजेदेखी वाैद्ध गुम्वामा पूजापाठ गरी शूभकामना आदान प्रदान, प्रसाद ग्रहण तथा सम्मानकाे कार्यक्रम गिरने छ । कार्यक्रममा उपस्थितीका लागि धनकुटाकाे अन्य स्थानिय तहका गुरूङ समुदायका महानुभावहरुलाई पनि अामन्त्रण गरिएकाे अध्यक्ष गरुङले वताउनु भयाे ।
यसपालि गुरूङ समुदायले मृग (फाे ल्हाे) वर्ष लाई विदा गरेर (च्यु ल्हाे) मुसा वर्षकाे स्वागत गर्ने जनाईएकाे छ । अाफ्नै भाषा,सँस्कृती तथा रहन सहन भएकाे गुरुङ समुदायकाे नगरपालिकाको वजार क्षेत्रमा मात्र करिव ३ सय वढिको वसोवास रहेको पाईन्छ ।


