पृथ्वी जयन्ती र पर्यटन बर्ष २०२० लाई लक्षित गरी धनकुटामा पदयात्रा
धनकुटा खबर, २६ पुष । “एकिकरण पद मार्गको संरक्षण, समृद्ध धनकुटाको लागि पर्यटन ” भन्ने उदेश्यले पृथ्वी जयन्ती र पर्यटन बर्ष २०२० लाई लक्षित गरि नेपाली सेनाको बरख गण धनकुटाको आयोजनामा शनिबार पदयात्राको आयोजना गरेको छ ।
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिको वडा न ६ मा रहेको यस पदमार्ग लाई संरक्षण संवद्धन गर्ने लक्ष्यका साथ पदयात्राको आयोजना गरेको नेपाली सेनाले जनाएको छ ।
पदयात्राको सुरुवात गर्दै नेपाली सेनाको नम्बर २ बाहिनी अड्डा हिलेका बाहिनी पति सहाक रथी यमप्रसाद ढकालले ऐतिहासीक सम्पदाहरुलाई बचाउन सके हाम्रो परम्परा र संस्कृती पनि जिवित रहने यसले ऐतिहासीक क्षेत्रको प्रचार प्रसार र संरक्षण गर्न सकेमात्र यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने धारण राखेका थिए । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा प्रयोग गरेका पदमार्ग र गढीहरुको प्रबद्र्धन तथा संरक्षण गर्न नेपाली सेना लागि परेको छ ।

कार्यक्रममा धनकुटा नगरपालिकाका उपप्रमुख सकुन्तला बस्नेत, सागुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याख्खा, इतिहास विद ठाकुरप्रसाद बराल लगायतले सागुरीगढीको ऐतिहासीक महत्वको बारेमा जानकारी गराएका थिए ।
पदयात्रामा जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, विभिन्न संघसस्थाका प्रतिनिधिहरु,पर्यटन व्यवसायी पत्रकारसहितको करिव ३ सय भन्दा बढिको संख्यामा रहेको टोलीले सागुरीगढी गाउँपालिका वडा नं ६ मा रहेको सागुरीगढीबाट धारापानी , हुक्काबास हुदै फेदीसम्म पदयात्रा गरेका थिए ।
पदयात्रमा सहभागीहरुलाई सागुरीगढी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष यमप्रकास मगर सहित वडा बासीहरुले फुलमाला र अविर लगाएर स्वागत समेत गरेका थिए ।


