नेपाल भ्रमण वर्ष २०२० : कर्मचारीको भ्रमण टोलीलाई धनकुटाको सहिदभूमिमा भब्य स्वागत

धनकुटा खबर, २७ पुष । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनको लागि अवलोकन भ्रमणमा आएका नेपाल राष्ट्रिय कर्मचारी महासंघ प्रदेश नं. १ का कर्मचारीहरुलाई सहिदभूमि गाउँपालिकाले भब्य स्वागत गरेको छ ।

आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले आएका करिव डेढ भन्दा बढी महासंघका प्रमुख तथा प्रतिनिधीहरुलाई गाउँपालिका केन्द्र पिप्ले डाँडामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज राईको नेतृत्वको टोलीले भब्य स्वागत गरेको हो ।

कार्यक्रममा अध्यक्ष राई, नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला कार्य समितिका अध्यक्ष ईश्वरीप्रसाद ओझा, सचिव उमेश राई, गिताचारी आचार्य लगायतको टोलीले भ्रमण टोलीका सदस्य लाई स्वागत गरेका हुन्न् ।

सो भ्रमण टोलीले पन्चकन्या सहिद स्मारक पार्कमा विभिन्न समयमा निजामती कर्मचारीको भूमिकामा रहि योगदान गर्ने सेवानिवृत्त राष्ट्र सेवक कर्मचारीहरु सम्मानपत्र प्रदान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा धनकुटा ईञ्चार्ज हेमराज भण्डारी ‘सुदर्शन’ ले सम्मानित सेवानिवृत्त कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।