धनकुटा र मोरङ फाइनलमा, फाइनल भोली

धनकुटा खबर, ६ माघ । धनकुटामा जारि सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको फाइनलमा आयोजक धनकुटा र मोरङ प्रवेश गरेका छन् ।

धनकुटाको तल्लो टुडिखेलमा सोमवार सम्पन्न सेमिफाइनल खेलमा धनकुटाले ताप्लेजुङ र मोरङले झापालाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । अव उपाधीको लागि मंगलवार धनकुटा र मोरङ वीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो सेमिफाइनल खेलमा मोरङले झापालाई ट्राइब्रेकरमा २–१ गोलअन्तरले पराजित गरेको थियो । पहिलो खेलको वुमन अफदी म्याच मोरङकी गोलकिपर कल्पना क्षेत्री घोषित भइन् । उनले नगद तीन हजार सहित पदक र प्रमाण पत्र प्राप्त गरिन् त्यस्तै दोस्रो सेमिफाइनल खेलमा धनकुटाले ताप्लेजुङलाई १–० गोलअन्तरले पराजित गर्यो ।

धनकुटाको लागि एक मात्र निर्णायक गोल दोस्रो हाफमा सन्ध्या रम्तेलले गरेकी थिइन् । उनी खेलको वुमन अफदी म्याच घोषित हुँदै नगद तीन हजार सहित पदक र प्रमाण पत्र प्राप्त गरिन् । सहिद राम कृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानले आयोजना गरको प्रतियोगितामा प्रदेश नं. १ का ८ टिमको सहभागीता रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफि र उपविजेताले नगद ५० हजार सहित ट्रफि पाउनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।