अ ख्तियारको जा लोमा हालसम्मकै ठूलोे माछा, गच्छदार वि रुद्ध साढे ९ करोडको भ्र ष्टाचार मु द्दा

काठमान्डौ : बालुवाटार स्थित १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा १ सय भन्दा बढीलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्ति यारले मुद्दा दायर गरेकाहरूको सूचीमा तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधार सचिव दीपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्‍त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन्। यसैगरी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारी रहेको अख्तियारले जनाएको छ।

अनुसन्धान पुरा भएपछि अख्तियारको टोली अदालत पुगेर अभियोग पत्र दर्ता गरेको हो । पटक– पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री बनेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीविरुद्ध ९ करोड ६५ लाख बिगो कायम गरिएको छ। बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते गरी व्यक्तिको नाममा सारेर भ्रष्टाचार गरेको आरोपमा गच्छदारसहित पूर्वमन्त्रीहरू छविराज पन्त, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यात लगायत १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पटक–पटक मन्त्री बनेका गच्छदारका समकालीन नेताहरू खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपी गुप्ता र गोविन्दराज जोशीलगायतले यसअघि नै भ्रष्टाचार मुद्दा खेपिसकेका छन् ।नेपाली कांग्रेस सत्तामा रहेको समयमा २०४८ सालदेखि उनी लाभको पदमा पटक–पटक पुगेका थिए । २०४८ सालको संसदीय निर्वाचनपछि लगातार निर्वाचित हुने सांसदमा गच्छदार पनि एक हुन् । गणतन्त्र स्थापना पछि पनि उनी माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई सरकारमा उपप्रधान मन्त्री सहित गृहमन्त्री बनेका थिए । २०६३ सालमा मधेश आन्दोलन शुरू भएपछि गच्छदार नेपाली कांग्रेस छाडेर तत्कालीन मधेशी जनअधिकार फोरममा सहभागी भएका थिए ।

माधवकुमार नेपाल सरकारमा सहभागी हुन उनले तत्कालीन फोरम फुटाएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए। फोरमबाट पटक–पटक सरकारमा सहभागी भएका गच्छदार २०७४ सालको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस प्रवेश गरेका थिए । सुनसरी बाट प्रत्यक्ष निर्वाचित गच्छदार अहिले नेपाली कांग्रेस संसदीय दलका उपनेता हुन् । विक्रम संवत् २०२० सालमा भलुवा– ८ सुनसरीमा जन्मिएका गच्छदार २०२६ सालदेखि राजनीतिमा सक्रिय छन् । महेन्द्र मोरङ क्याम्पस विराट नगरबाट उनले विद्यार्थी राजनीति शुरू गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖