विप्लवको चु नौती बढेपछि प्र हरीमा ‘बि दा’ पनि रो कियो

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता–कार्यकर्ता खोज्न प्रहरीले ‘रुम सर्च अपरेसन’ र ‘स्वीप’ अपरेसन सुरु गरेको छ ।

काठमाडौंसहित ललितपुर र भक्तपुरमा तीनवटै प्रहरी परिसर र महानगरीय अपराध महाशाखाले यो अभियान सुरु गरेको हो ।

काठमाडौंलाई विप्लव समूहले निसाना बनाएको निष्कर्ष निकाल्दै प्रहरीले नयाँ सुरक्षा रणनीतिसमेत बनाएको छ । महानगरीय अपराध महाशाखाले गतसाता काठमाडौंका दुई र परिसर अन्तर्गत वृत्तका टोलीले पनि ‘रुम सर्च र स्वीप अपरेसन’ चलाएका हुन् ।

प्रहरी अधिकारीका अनुसार कुनै एक क्षेत्रलाई कभर गरे त्यो क्षेत्रभित्र रहेका आशंकामा रहेकालाई चेकजाँच गर्ने, शंका लागेमा नियन्त्रणमा लिने काम ‘स्वीप अपरेसन’मा क्रममा गरिन्छ ।

‘रुम सर्च अपरेसन’मा भने निश्चित क्षेत्रभित्र रहेका होटलमा सर्च गरिन्छ ।

तर विप्लव समूहका नेता–कार्यकर्ता खोज्न प्रहरीले डेरामा बस्नेहरुको कोठा खानतलासी समेत गर्न थालेको छ ।

विभिन्न जिल्लाबाट काठमाडौंमा आएर डेरामा बस्नेहरुको कोठामा विप्लव समूहका नेता–कार्यकर्ता बस्दै आएको प्रहरी आशंका छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले भने,‘‘विप्लव समूहको खोजीमा शंकामा रहेका स्थान, होटल, वर्कशपलगायत अपराधिक सेल्टर हुन सक्ने स्थानमा छापा हान्दै आएका छौं । यसबाहेक काठमाडौं भित्रिने नाकामा कुकुरसहितको चेकजाँचलगायतका काम गरेका छौं ।’’
यसबाहेक सूचना संकलनमा पनि प्रहरी सक्रिय भएको महाशाखा र परिसरका अधिकारी बताउँछन् ।

गतमहिना विप्लव समूहले काठमाडौंका दुई स्थानमा ब म राखेको थियो ।

राजधानीकै प्रभाव देखाउन सके आफूहरुको चर्चा बढ्ने र त्यसले चन्दा संकलनमा सहयोग पुग्ने विप्लव समूहको विश्वास छ ।

पछिल्लो समय उपत्यका बाहिरबाट विप्लव समूहले नेता–कार्यकर्ता काठमाडौं ल्याएको छ ।

नयाँ अनुहार हुँदा शंकामा नपर्ने भएकाले कालिकोट, जाजरकोट र सुदूरपश्चिमबाट विप्लव समूहले नयाँ टिम काठमाडौं प्रवेश गराएको हो । त्यही सूचनाका आधारमा प्रहरीले सुरक्षा सतर्कता बढाएको बताइन्छ ।

विप्लव समूहले आतं कित पार्नसक्ने सम्भावित व्यक्तिको सुरक्षामा समेत प्रहरी सक्रिय भएको छ ।

विगतमा विप्लव समूहले बम कस्ता–कस्ता व्यक्तिलाई लक्षित गरेर राखेको थियो त्यसका आधारमा विश्लेषण गरेर सुरक्षा दिइएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार विप्लव समूहको चुनौती बढेको भन्दै फागुन १५ गतेसम्म कसैलाई बिदा नदिने र राजीनामा स्वीकृतसमेत नगर्न निर्देशन दिइएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनशक्ति अभाव हुने भन्दै बिदा र राजीनामा स्वीकृत नगर्न महाततका कार्यालयहरुलाई निर्देशन दिएको हो ।

प्रहरीका अनुसार अत्यावश्वकबाहेकका सबै बिदा तत्काल रोकिएको छ ।-बाह्रखरी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।