मेयरले नै हाजिरी खाता गा यब पारेपछि‍‍‍‍‍…

काठमाडौं, माघ २३ । मोरङको सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले हाजिरी खाता गायब गरेपछि नगरका कर्मचारीले एक महिनादेखि हाजिर गर्न पाएका छैनन् ।

सरुवा भएर आएका कार्यकारी अधिकृत पुरुषोत्तम घिमिरेलाई हाजिर हुन नदिने भन्दै उनले खाता नै गायब बनाएका खबर आजको कान्तिपुर दैनिकमा विराटनगरबाट विनोद भण्डारीले लेखेका छन्।

तत्कालीन कार्यकारी अधिकृत राजकुमार केसी धनुषाको नगराइन नगरपालिकामा सरुवा भएर गएपछि घिमिरे रौतहटको चन्दपुर नगरपालिकाबाट पुस २८ मा सरुवा आएका थिए ।

२८ गते नगरपालिका कार्यालयमा हाजिर हुन पुग्दा मेयर दासले कार्यकारीले हाजिर गर्ने एक नम्बर हाजिरी रजिस्टर लिएर हिँडेका थिए । त्यसपछि घिमिरेले नयाँ रजिस्टर किनेर त्यसैमा हाजिर जनाउँदै आएका छन् । अरू अधिकृत कसैले पनि एक महिनादेखि हाजिर गर्न नपाएको उनले बताए ।

उनको कार्यकक्षमा माघ २९ गते मेयर दासले नै तालाबन्दी गर्न लगाएपछि उपमेयरको कोठामा बसेका थिए । रजिस्टर दासले लुकाउन लगाएको उपमेयर मञ्जु राईले बताइन्।

‘मेयरबाहेक कार्यपालिकाका सबै सदस्य घिमिरेलाई हाजिर गराउनुपर्छ भन्ने पक्षमा छन्,’ उनले भनिन्, ‘मेयरले मात्र नमान्नुमा रहस्य छ ।’ तत्कालीन अधिकृत केसी र मेयरबीच हिसाबकिताब मिलान हुन बाँकी रहेको हुन सक्ने राईले बताइन् । ‘मेयरका कारण नगरका सबै क्रियाकलाप ठप्प छन्,’ उनले भनिन् ।

तत्कालीन कार्यकारी अधिकृत केसीले नगरको काममा वास्ता नगरेको, विकास बजेट सार्वजनिक नगरेको, ठूला योजनाको बजेट फ्छर्योट नगरेको, वडा प्रमुखहरूसँग समन्वय नगरेको र विकास बजेटसमेत फ्रिज भएको भन्दै नगरका सबै वडाध्यक्षले सामूहिक रूपमा केसीलाई सरुवा गरेर नयाँ कार्यकारी अधिकृत ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

तर दासले ज्ञापनपत्र दर्ता नगरी माघ १ गते सार्वजनिक बिदाका दिन जबर्जस्ती कार्यपालिका बैठक डाकेर पुराना कार्यकारी अधिकृतसँग धेरै काम बाँकी रहेको र ती काम नसकिएसम्म नयाँ अधिकारी ल्याउन नसकिने निर्णय गराएको वडा १ का अध्यक्ष टेकबहादुर विष्टले बताए । निर्णयमा विष्टसहित वडा नं. ४ का अध्यक्ष श्रवण राजवंशीले विरोध जनाएका थिए। नगरमा कांग्रेसको बहुमत छ।

स्रोतका अनुसार मेयरकी छोरी अनिता दास, ज्वाइँ चन्दन शर्मा र भतिज सुबोध दासलाई कर्मचारीमा र छोरा कुन्दनलाई शिक्षकमा नियुक्त गर्न केसीले सघाएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।