कुमार पौडेलको ‘फे क इ न्काउन्टर’ : म हानिरीक्षक खनाल वि रुद्धसमेत कि टानी

काठमाडौं, माघ २६ । कुमार पौडेलको ह त्या घटनामा संलग्न प्रहरीमाथि फेरि का रबाही प्रक्रिया रोकिएको छ।

गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले ह त्यामा संलग्न प्रहरीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई निर्देशन दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।

पीडित परिवारले हुलाकमार्फत जाहेरी दर्ता प्रक्रिया अघि बढाएका छन्।

मृ तककी आमा दुर्गादेवी बिहीबार जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही गएकी थिइन् । तर, यसअघि नै सो मुद्दाको टुंगो भवितव्य घटनाका रूपमा अनुसन्धान भइसकेको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न नमानेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

त्यहीअनुसार जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । पीडितहरूले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समेत विपक्षी बनाई किटानी जाहेरी लिएर गएका थिए । हुलाकबाट दिएपछि दर्ता गर्नैपर्ने बा ध्यता प्रहरीमाथि थियो।

गैरन्यायिक ह त्यामा संलग्न प्रहरीलाई संरक्षण गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक खनाललाई का रबाहीको तयारी गरेपछि सिफारिस कार्यान्वयन अघि बढेको थियो।

आयोगले तीन महिनाअघि तीनजना प्रहरीलाई पक्राउ गरी मु द्दा चलाउन गरेको सिफारिस कार्यान्वयन नगरेपछि गत साता पुनः ताकेता गर्दै कारबाहीको चे तावनी दिएको थियो।

ताकेताअनुसार ह त्यामा संलग्न प्रहरीलाई कारबाहीको सिफारिस गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय जिल्ला प्रहरी कार्यालय पुगेको थियो।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज पौडेललाई ‘इ न्काउन्टर’का नाममा प्रहरीले पक्राउ गरी ह त्या गरेको निष्कर्ष निकाल्दै आयोगले त्यसमा संलग्न प्रहरीलाई निलम्बन गरी फौजदारी मु द्दा चलाउन आयोगले सिफारिस गरेका थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।