अब जे,ल जाने पालो उपेन्द्र यादवको – डा. सिके राउत

वीरगंज । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सरकारले चाडै जे’ल हाल्ने अवस्था आइरहेको बताएका छन्।

वीरगंजको आदर्शनगरमा आयोजित बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा डा राउतले भने,‘नेपाली कांग्रेसबाट मधेसवादीमा, फेरी कांग्रेसमा गएका विजयकुमार गच्छदारलाई नेकपाको सरकारले जे’ल हाल्ने वातावरण बनाइसक्यो, अब पालो उपेन्द्र यादवको हो, चाँडै गौर का’ण्डमा उनलाई सरकारले जेल हाल्छ।’‘स्वराज’को अभियान लिएर हिँडेका डा राउतले केपी ओली सरकारसँग ११ बुँदे शान्ति सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा सेफ ल्यान्डिङ गर्दै जनमत पार्टी स्थापना गरेका हुन्।

पार्टीको आगामी रणनीति र चुनावमा सहभागी हुने प्रसंगमा उनले नेपालमा पुराना पार्टीहरु म्याद गु’ज्रेको औषधि सरह भएकोले जनमत पार्टीमा आउन आग्रह गर्दैै भने, ‘पुराना पार्टीहरु थोत्रा गाडी अथवा म्याद गुज्रेको औषधि सरह नै हुन्, देशमा परिवर्तन र मधेसमा स्वराज स्थापनाको लागि जनमत पार्टी नै अबको मधेसी जनताको विकल्प पार्टी हो।’ कांग्रेसले देशमा ७० वर्ष र नेकपाले ३० वर्ष राज गरिसक्यो, मधेसवादीले सयौँ मधेसी शहीदको र’गत नाघेर मन्त्रीको कुर्सीसँग मधेसको मतलाई बेच्नु बाहेक केही नगरेको उनले धारणा राखे।

‘नेपाली कांग्रेस र नेकपाले देशलाई लु’ट्ने काम मात्र गरेका छन्, मधेसमाथि द’मन शो’षण गर्नु बाहेक अरु केही गरेनन्। उनीहरुकै दूतको रुपमा खडा गरिएको मधेसवादी कहलाउने दलका नेताहरुले मधेसी जनताको भावना वि’परित राजनीति गर्ने र मधेसी जनताको भोटलाई बे’चेर मन्त्रालय ह’त्याउनु बाहेक अरु केही गरेका छैनन्’, उनले भने, ‘पछिल्लो समय उपेन्द्र यादवले पार्टी एकीकरणको नाममा मधेस आ’न्दोलनको स्पिरिटलाई बाबुराम भट्टराईको चरणमा अर्पण गरेका छन्।’ उनले तराईका २२ जिल्लालाई सरकारले स्वायत्त मधेस प्रदेस बनाउने सम्झौता गरे तापनि आठ जिल्लाको प्रदेश २ मा सीमित गरेको बताए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।