ओली सरकारको २ वर्ष– प्रधानमन्त्रीले आज संसदमा स म्बोधन गर्ने
काठमाडाैं,फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।
सरकारका दुईवर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय माग गरेका हुन् ।
प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने जानकारी दिए।
वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । गोरखापत्र दैनिकमा खबर छ ।


