अरुण तेस्रोको सु,रक्षामा ६५ जना सश,स्त्र प्रहरी परिचालन

संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरक्षामा स,सस्त्र प्रहरी परिचालन गरिएको छ ।

पछिल्लो समय अरुण तेस्रो परियोजनामा आ,गजनी र ब,म वि,ष्फोटको घ,टना बढेपछि सुरक्षाका लागि सशस्त्र परिचालन गरिएको अरुण गुल्म चैनपुरका प्रमुख डिएस्पी बासुदेव महतले जानकारी दिए ।

अरुण तेस्रोको सुरक्षाका लागि अरुण गुल्म चैनपुरबाट ६५ जना स,शस्त्र प्रहरी परिचालन गरिएको डिएस्पी महतले बताए । माघ २९ गतेबाट स,शस्त्र प्रहरी परिचालन गरिएको उनले बताए । अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका दिदिङको पुखुवा, केराबारी, मकालु गाउँपालिकाको ड्याम साइड फ्याक्सिदा, आमराङ, सोलाखानी र खाँदबारी नगरपालिका–९ तुम्लिङटार स्थित कार्यालयमा ससस्त्र प्रहरी परिचालन गरिएको हो । स,सस्त्रले अरुण तेस्रोको सुरक्षमा आवश्यकता अनुसार थप गर्दै जाने बताएको छ ।

अरुण तेस्रोको सुरक्षमा यस अघि ३५ जना नेपाल प्रहरीले सुरक्षा दिइरहेको थियो । भारतिय निर्माण कम्पनी सतलजले अरुण तेस्रो सुरक्षामा १५८ ससस्त्र प्रहरी माग गरेको थियो । विद्युत् गृहस्थल पुखुवा र अरुण तेस्रोको कार्यालय तुम्लिङटारमा नेत्र विप्लव चन्द नेतृत्वको नेकपा समूहले पटक–पटक बम विष्फोट गराएका थिए ।

अज्ञात स,मूहले केही समयअघि अरुण तेस्रोको विद्युत गृहस्थल पुखुवामा सुरुङ खन्न राखेको बुमरमा प्रेसर कुकर ब,म वि,ष्फोट गराउँदा बुमरमा क्षति पुगेको थियो । अरुण तेस्रो परियोजनाको ड्याम साइड फ्याक्सिदामा जय प्रकास एसोसियटस र विद्युत गृहस्थल दिदिङमा पट्टेल इन्जीनियरिङ कम्पनीले कामको जिम्मा लिएका छन् ।

पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९ सय मेगावट विद्युत उत्पादन हुने र आयोजना निर्माणका लागि १ खर्ब २० अर्ब खर्च अनुमान गरिएको छ । प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ ।

आयोजनाले दुई सय ६९ परिवारको घर तथा जग्गा अधिग्रहण गरेर करिब एक अर्ब २९ करोड रुपैयाँ मुआब्जा पनि बाँडिसकेको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३ सय ४० अर्ब रोयल्टी, निःशुल्क विजुली, आय कर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त बताइएको छ । राजधानीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।