अल्लाेले दिलायो ‘प्रदेश रत्न’, १० हजारबाट थालेकाे व्या पार ५० लाखमा पुग्याे !

बुटवल, ४ फागुन । प्युठानकी चित्रकली बुढालाई प्रदेश रत्न पदकबाट विभूषित गरियाे। उनले प्रदेश ५ प्रमुखको हातबाट पदक लिइन्। पदकले उनको गर्जाे टर्दैन। प्रदेश सरकारले स्थापना दिवस मनाइरहेको बुटवल बहुमुखी क्याम्पसको चौरमा बसिन् र अल्लोका कपडा फिँजारिन्।

अल्लो सिस्नु प्रजातिको वनस्पति हो। जसबाट धागो बनाइन्छ। धागोबाट विभिन्न कपडा। चित्रकली त्यही सिस्नोबाट बनेका कपडा व्यवसायी हुन्। उनी अल्लोबाटै परिचित छिन्। ‘पदकले त खान दिन्न नि’, उनले भनिन्, ‘दुईचारवटा टोपी बिक्री भए त गर्जाे टर्छ।’ उनलाई सम्मान पाएकोमा भने हर्ष छ।

चित्रकलीले पदक र प्रमाणपत्र सँगै राखेकी थिइन्। व्यापारमा उनका पतिले सघाइरहेका थिए। उनका उत्पादन किन्नेको चहलपहल थियो। चित्रकलीले १८ वर्षअघि १० हजार रुपैयाँ लगानीबाट व्यवसाय थालेकी थिइन्। अहिले उनी वार्षिक करिब ५० लाखकाे कारोबार गर्छिन्।

गाउँमा खेर जाने सिस्नो उपयोग गरेर धागो कात्न थाल्दा उनले यसको व्यावसायिक महत्त्व बुझेकी थिइनन्। काम गर्दै गएपछि सामानको माग बढ्दै गयो। अल्लोको अन्तर्राष्ट्रिय बजार हुँदो रहेछ भन्ने उनले पछि मात्रै थाहा पाइन्। ‘अल्लो त महत्त्वपूर्ण रहेछ। सिस्नोले पैसा फलाएको छ’, उनले भनिन्, ‘पदक पनि त्यसैले दिलायो।’ उनले परम्परागत रूपमै कपडा बुन्न थालेकी हुन्। यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖