दुई मन्त्री चढ्ने २ गाडीको एउटै प्लेट नम्बर

काठमाडौं । नेपालमा सवारीसाधन चो,रीका घ,टना नौलो होइन । कार, मोटरसाइकल, ट्याक्सीसमेत चोरी गरेर नम्बरप्लेट नै परिवर्तन गरेर चलाउने गरिएको पाइन्छ । यस्तो घ,टना खासगरी मोफसलका जिल्लामा भेटिन्छ ।

तर, देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमै मन्त्रीले चढ्ने सवारीसाधनको नम्बर प्लेट एउटै पाइएको छ । शनिबार पूर्वसचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा एउटा तस्बिर राखे । जसमा दुईवटा मन्त्रीका गाडी छन् । तर, नम्बर प्लेट भने एउटै छ ।

एउटै नम्बर प्लेट भएका सवारीसाधन सिंहदरबारमै रहेको र खुलमखुला चढ्ने गरिरहँदा पनि ट्राफिक प्रहरीले अहिलेसम्म थाहा पाएको देखिएन । हालै एउटै नम्बर प्लेट भएको दुईवटा सवारीसाधनको तस्वीर सामाजिक सञ्जालमा भा,इरल बनेको छ ।

पूर्वसचिव उपाध्यायले फेसबुकमा लेखेका छन्, ‘मन्त्री चढ्ने २ गाडीको प्लेट एउटै नम्बर ।’ पार्किङ गरी राखिएका दुईवटै गाडीको नम्बर प्लेटमा बा२झ ३५३२ रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।