धन्यवाद सरकार ! ढिलै भएपनि उपस्थिति देखाएकोमा

काठमाडौं । सरकारले चीनको हुबेई प्रान्तमा रहेका १७५ नेपाली विद्यार्थीलाई आइतबार विहान उ,द्धार गरेर काठमाडौं ल्याएको छ । निकै त्रा,समा रहेका विद्यार्थीलाई आफ्नै देशमा उ,द्धार गरेर ल्याएकामा प्रधानमन्त्री केपी ओलीसहित यस काममा जुट्नै सबैलाई धन्यवाद छ ।

यद्यपि, यति सानो कामका लागि सरकारले जसरी समय लगायो । आफ्ना सन्तानलाई स्वदेशमा ल्याउनका लागि अभिभावकहरु आ,न्दोलनमै उ,त्रन पर्नेसम्मको जुन परिस्थिति निर्माण भयो त्यो उ,चित थिएन । तर जे भयो भयो । आफ्नो देश फर्केर आफ्ना अभिभावकको माया र माटोको स्पर्श गर्न चाहिरहेका विद्यार्थी मात्र होइन आ,न्दोलनमा उ,त्रिन विवश आफन्तजनमा अपूर्व खुशी छ । ढुक्कको श्वास फेरिरहेका छन् । समग्र नेपाली जनताले पनि सरकारको यस कामको सह्राना गरिरहेका छन् ।

भलै विश्व स्वास्थ्य संगठनले नै लगाएको नियमलाई पालना गर्दै अरु १४ दिन उनीहरु परिवार र आफ्नो घरभन्दा अलग किन बस्नु नपरोस् । शनिबार चीन हुबेई प्रान्तको वुहानबाट ल्याइएका सबै १७५ जना अहिले भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा आ,श्रय लिइरहेका छन् ।

आफै क्वारेन्टाइनमा बस्नु परेपनि नेपाल वायुसेवा निगमको पाइलटसहितका क्रू मेम्बरहरुले अ,न्यौल र झ,ण्डै नि,राशामा छटपटी रहेका विद्यार्थीलाई सहज सेवा उपलब्ध गराए । अहिलेसम्म खोप र औषधि फेला नपरिसकेको भा,इरसको आ,क्रमणमा कुनै पनि बेला पर्नसक्ने त्रा,स बोकेर बसिरहेका आफ्ना सन्तानले मुलुकमा आफू सकुशल आइपुगेको जानकारी गराउँदा कुनचाहिं अभिभावकको आँखा आँशुले नभरियोस् !

प्रत्येक पटकको संवादमा आफूहरुको उद्धारका लागि के प्रगति भइरहेको छ ? भन्दै सोधिने प्रश्नको उत्तर दिन नसक्दाको निरीहताले कति पोलेको थियो होला, नेपालमा भएका अभिावकहरुलाई । आफ्ना मुटुका टुक्राहरुको बिरानो भूमिमा बगेका आँशु देख्दा कुनचाहिं अभिभावक निदाउन सके होलान् एक महिना यता ?

हो, एउटा नागरिकलाई यस्तै बेला हो देश दुख्ने । देश चाहिने । आफू असहाय भएको अनुभूति हुने । यत्तिका लागि त हो आफ्नो अधिकार कटौति गरेर नागरिकले राज्यलाई सुम्पेको । अघिपछि त किन चाहियो ? जनताले कर तिरेकै छन् । आफ्नो गाँस कटाएर पनि सिंहदरबारदेखि गाउँको टोलेसम्मका शासक पालेकै छन् । तर दुःख र अफ्ठ्यारो पर्दा सरकारको उपस्थिति हुन सकेन भने त्यो के काम ? कस्का लागि चाहियो त्यस्तो सरकार ? यस अर्थमा चौतर्फी दबाब र आलोचना पछि नै भएपनि सरकारले चीनमा रहेका विद्यार्थीको उ,द्धार गरेर एउटा सह्रानीय काम गरेको छ ।

बिरानो ठाउँमा मर्नु पो पर्ला कि भनेर अत्तालिएका छोराछारीले ‘आमा÷बा अब मलाई केही ड,र छैन । नेपाली माटोमा सास फेर्न पाए । उ,द्धारको पहल गरेकामा धन्यवाद ।’ भन्दा ति अभिभावकको मन कति भारी भयो होला ? अनुमान मात्र गर्न सकिन्छ, अनुभूति जसले गर्दैछन् कस्तो भयो होला भनेर । जे होस्, एउटा त्रा,सबाट मुक्त हुन खोजेका विद्यार्थीहरु आफ्नै घर आँगनमा पुगेका छन् ।

उद्धार गरिएका अधिकांश एमबिबिएस अध्ययनरत विद्यार्थी हुन् । त्यसैले पनि उनीहरुलाई थाहा छ, यस्को गा,म्भीर्यता । वुहानमा रहेका १ सय ८५ विद्यार्थीले नेपाल पठाउन आग्रह गर्दै चीनस्थित नेपाली दूतावासमा फारम भरेपछि उ,द्धारको प्रयास थालिएको थियो । बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरुलाई पनि धन्यवाद ।

चीन जाने जहाज उडाउने पाकिस्तानी पाइलट र क्रू मेम्बरको साहसको तारिफ मात्र होइन तिनले गरेको मानवीय सेवालाई पनि सलाम गर्नै पर्दछ । आफ्नै देशको माटोमा फर्काएर ल्याएका विद्यार्थीलाई राख्न हुन्न भनेर आन्दोलनमा उ,त्रनेहरुले यी चालक दलका सदस्यहरुबाट केही त सिकून् ।

१ डिसेम्बर २०१९ मा पहिलो पल्ट पत्ता लागेको नोबेल कोरोना भा,इरसबाट ९ जनवरी २०२० मा पहिलो पटक एक जनाको मृ,त्यु भएको थियो । त्यसयता चीनमा मात्र १ हजार ६६९ जनाको मृ,त्यु भैसकेको छ । विश्वभर ६९ हजार २७६ जना प्रभावित भएकामा चीनमा मात्र यो भा,इरसबाट ६८ हजार ५०७ जना प्र,भावित भएका छन् । यसको चपेटमा चीनसहितका एशियाली मुलुक मात्र नभई अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा, इटली, रुस, स्पेन, बेल्जियम, फिनल्याण्ड जस्ता यूरोपेली मुलुकहरु पनि आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖