चीनबाट नेपालीलाई फर्काएर खरिपाटीस्थित भवनमा राखेपछि स्थानीयहरुले घर छाडे

काठमाण्डौ । चीनको वुहानबाट नेपालीलाई फर्काएर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा राखिएपछि स्थानीयहरु घर छाडेर हिँडेका छन् । क्वारेन्टाइनका दुई भवन खाली गराउँने समयमै वि रोध जनाउँदै आएका स्थानीयहरु अहिले नेपालीलाई राखेलगतै घर छाडेका हुन् । विद्युत् प्राधिकरणको भवनलाई घेरिएको कम्पाण्ड आसपासका स्थानीयहरु त्र,सित छन् ।

नेपाल विद्युत प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलमा चीनबाट फर्काइएका १ सय ७५ जनालाई राखिएको छ । उनीहरुलाई लिन गएका स्वास्थकर्मी तथा प्राविधीकहरु राखिएका छन् । उनीहरुमा कोरना भा,ईरसको सं,क्रमण भएको खण्डमा अरुलाई सर्न सक्ने भन्दै उनीहरुले आफन्त तथा परिवारसँग भेट्न पाउने छैनन् ।

अबको १४ दिन उनीहरु निगरानीमा रहनेछन् । क्वारेण्टाइनमा राखिएकाहरुको निगरानी गर्न सेना प्रहरीका ८० जना स्वास्थ्यकर्मीहरु खटाइएको छ । क्वारेन्टाइनका दुई भवन खाली गराउँने समयमै विरोध जनाउँदै आएका स्थानीयहरु अहिले नेपालीलाई राखेलगतै घर छाडेका छन् । कतिपय स्थानीय झ्याल ढोका बन्द गरेरभित्रै बसेका छन् । घरमै बसेका केही स्थानीयहरु समेत त्रा,स र क्रो,धमा छन् ।

बस्तीको बीचमा क्वारेन्टाइन राख्नु कुनै पनि हालतमा उपयुक्त नभएको बताउदै आन्दोलन समेत गरेका थिए । तर सरकारले स्थानीयको कुरै नसुनी क्वारेन्टाईन बनाएपछि उनीहरु त्र,सित भएका हुन् । स्थानीयहरुलाई अहिले सामान्य रुघा तथा ज्वरो आएमा पनि ड,राउने अवस्था रहेको स्थानीयहरु बताँउछन् ।

बस्तीभन्दा दुई किलोमिटर टाढा क्वारेन्टाइन राख्नुपर्ने अन्तरराष्ट्रिय मान्यतालाई सरकारले मिच्दै बस्तीको बीचमा क्वारेन्टाइन राखेकोले आफूहरु त्र,सित बनेको स्थानीय बताउँछन् । विश्वभर आ,तं,क फैलिएको कोरनाको सं,क्रमण केन्द्रबाट आएका चीनबाट फर्काइएका नेपालीलाई घनावस्तीको बिचमा राखिएको छ । उनीहरुमा कोरनाको जि,वाणु हुनसक्ने आ,शंका लागेकोले आफूहरुलाई नसरोस् भन्नका लागी गाँउमा नबसेको स्थानीय बताउँछन् ।

क्वारेन्टाईन आसपासका सडकमा समेत मान्छेहरु कमै मात्र आवतजावत भैरहेको छ । घरमा भएका स्थानीयहरु तथा पैदलयात्रीहर अधिकाशले मास्क प्रयोग गरेका देखिन्छन् । तर स्थानीय पसलमा भने माक्स बेच्न राखिएको छैन । चीनबाट ल्याइएकाहरुलाई विश्व स्थास्थ संगठनले तोकेको मापदण्ड अनुसार स्वाथकर्मी तथा स्वास्थ उपकरणसहित २४ सै घण्टा निगरानीमा राखिएको छ ।

त्यसैले स्थानीयलाई कुनै खतरा नहुने भएपनि उनीहरु त्रसित देखिएका चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले बताउँछन् । स्थानीयहरुले आफूहरुको लागी छुट्टै हेल्थ डेस्क माग गरेका छन् । क्वारेण्टाइनमा बस्नेहरुको लागि हरेक दिन स्वास्थ्य जाँच गर्दा आफूहरुको पनि स्वास्थ्य जाँच गर्नु पर्ने स्थानीयहरुको माग छ । रिपोर्टर्स नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।