चीनबाट फ र्काइएका नेपालीमा खु सीको ब हार, भन्छन्–सरकारलाई धन्यवाद

काठमाडाैं,फागुन ५ । कोरोना भा इरस सं क्रमणको उद्गमस्थल मानिएको चीनको हुवेई प्रान्तमा रहेका नेपाली स्वदेश फर्कन पाएकामा खुसी भएका छन्।

उनीहरूले सरकारले ढिलै भए पनि आफूहरूको उचित व्यवस्थापन गरेको भन्दै खुसी व्यक्त गरेका हुन् ।

नेपाल फर्किएसँगै उनीहरूले सरकारलाई धन्यवाद दिएका छन् ।

सरकारले आफूहरूलाई फर्काएर उचित व्यवस्थापन गरेकाले डिप्रे सन हुनबाट जो गिएको उनीहरूले बताएका छन् ।

सरकारले चीनमा रहेका १ सय ७५ नेपालीलाई आइतवार विहान उद्घार गरेर नेपाल ल्याएको थियो ।

उनीहरूलाई त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य जाँचपछि खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा बसिरहेका डा. जितसिंह भण्डारीका अनुसार सरकारले बासको राम्रो व्यवस्थापन गरेको छ । उनले भने, ‘केही अप्ठ्यारो परे स्वास्थ्यकर्मी आउनुहुन्छ । हामी सबै जनालाई ज्वरो नाप्नका लागि थर्मोमिटरको व्यवस्था गरिएको छ । खानाको पनि राम्रो व्यवस्था छ ।’ प्रत्येकलाई छट्टाछुट्टै बेडको व्यवस्था गरिएको छ । राजधानी दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖