कोरोना सं,क्रमित पुरुषसँगै नेपाल आएका नवलपरासीका ७ जना अझै भेटिएनन्

नवलपुर । अघिल्लो बिहिवार एअर अरेबियाको बिमानवाट नेपाल आउदा सं,क्रमित एक पुरुषसंगै आएका नवलपरासीका ८ जना मध्ये ७ फेला नपरेर प्रशासन है,रान परेको खबर राजधानी दैनिकले लेखेकोछ ।

नवलपरासी घर रहेका ८ जना मध्ये १ जनाको घर पत्ता लागेको छ । उनिहरुको पासपोर्टमा लेखिएको ठेगानामा उनिहरु पत्ता नलागेपछि प्रशासन है,रानीमा परेको छ । ८ जना पुरुष हुन ।

त्यहि जहाजमा आएका एक पुरुषको स्वास्थ्य परिक्षणको नतिजामा गत बुधवार कोरोना सं,क्रमण भएको पुष्टि भएपछि गृह मन्त्रालयले पठाएको बिबरणका आधारमा उनीहरुको खोजि शुरु भएको हो । शनिवारसम्म एक जना फेला परेको र उनी आफनै घरमा सेल्फ क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी प्रमुख एसपी दिपक रेग्मीले जानकारी दिए ।

गृहले पठाएको नामावलीका अनुसार प्रहरीलाई खोजतलाश गरेर पत्ता लगाउन जिम्मा दिइएको जिल्ला प्रशासनका सूचना अधिकृत आनन्द शर्माले जानकारी दिए ।

उनीहरु गत चैत्र ६ गते दुबइको सारजहा एअरपोर्टवाट एअर अरेयिबा एअरलाइन्सको जी ९५३७ बिमानवाट काठमाण्डौ आएका थिए । त्यो बिमानमा १६९ जना यात्रु रहेकोमा ८ जना नवलपरासीका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।