प्रदेश-१ मा कोरोनालाई जि,तेर घर फ,र्कनेको संख्या १६ पुग्यो

विराटनगर, बैशाख २८ । प्रदेश १ मा कोरोनालाई जि,तेर घर फ,र्कनेको संख्या १६ पुगेको छ । आज पनि दुई जना कोरोनामु,क्त भएर घर फ,र्किएका छन् ।

भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह्रदशीका ४० बर्षीय पुरुषले कोरोनालाई जि,तेर घर फर्कनु भएको हो । प्रदेश १ ३५ जना कोरोना सं,क्रमित थिए । यतिबेला कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १९ जना उपचाररत रहनुभएको छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसैबीच प्रदेश सरकारले कोरोना परीक्षणको दर समेत बढाएको छ । यतिबेला प्रदेश १ मा पिसीआर र आरडीटी दुबै बिधिबाट परीक्षण भइरहेको छ । पिसिआर तीन ठाउँबाट भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

पिसिआरबाट २ हजार १ सय ४० जनाको परीक्षण भएको छ । जसमा २ हजार १ सय १ जनाको नेगेटिभ देखिएको छ । त्यस्तै आरडीटीबाट ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।