जनताले सुम्पिएको दायित्व एक-एक गरेर पुरा गर्ने हाम्रो कर्तव्य – मन्त्री अर्याल

काठमाडौं । नेपाल सार्वभौमसत्ता, राष्ट्रिय अखण्डा र स्वतन्त्रता रक्षाको अवस्थामा छ । कसैको उपनिवेशमा नपरेको नेपाल अहिले भारतको सीमा मिचाइसँग जुधिरहेको छ । कूटनीतिक माध्यम र संवादमार्फत सीमा विवाद अन्त्य गर्न चाहेको नेपाल अन्ततः भारतको व्यवहारका कारण आफ्नो भूमिको रक्षार्थ निर्णय गर्न बाध्य भएको छ ।

गत नोभेम्बर २ मा भारतले नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित आफ्नो राजनीति तथा प्रशासनिक नक्सामा समेटेर सार्वजनिक गरेको थियो । तत् पश्चात नेपालले वार्ताका लागि बारम्बार पहल गर्दा बेवास्ता गरेको भारतले यही मे ८ मा सो क्षेत्रमा बनाएको बाटो उद्घाटन गरेर कूटनीतिक संवादमार्फत सीमा विवाद समाधानप्रति ध्यान नदिएसँगै नेपालले पनि आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्न पुगेको हो ।

मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता अक्षुण्ण राख्न जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । जनताले सुम्पिएको दायित्व एक एक गरेर पुरा गर्ने आफूहरुको कर्तव्य रहेको भन्दै उनले आफ्नो माटो प्राण भन्दा पनि प्यारो ठान्ने नेपाली जनताको नसा नसामा बगिरहेको र,गतमा राष्ट्रियताको भाव उर्लिएको क्षणमा मुलुकको राष्ट्रिय अखण्डता अक्षुण्ण राख्न कठिन यात्रा गर्न तयार रहेको उनको भनाइ छ ।

मन्त्री अर्यालले बुधबार मुलुकको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् । मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गर्ने कार्यमा सहयोग गर्ने सबैलाई मन्त्री अर्यालले आभार व्यक्त गरेकी छन् ।

यसबारे सामाजिक सञ्जाल फेसबुकमा मन्त्री अर्यालले लेखेकी छन् :

जनताले सुम्पिएको दायित्व एक एक गरेर पुरा गर्ने कर्तव्य हाम्रो हो । आफ्नो माटो प्राण भन्दा पनि प्यारो ठान्ने नेपाली जनताको नसा नसामा बगिरहेको र,गतमा राष्ट्रियताको भाव उर्लिएको यो क्षणमा हामी सर्वा्धिक खुशी छौं । मातृभुमि प्रति सधैं ईमान्दार रहि सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता अक्षुण्ण राख्न जस्तोसुकै कठिन यात्रा गर्न तयार छौं । नेपाल सरकारलाई राष्ट्रियताको पक्षमा सतिसाल जस्तै उभिन प्रेरित गर्ने सम्पुर्ण नेपाली जनतालाई हार्दिक सम्मान व्यक्त गर्दछु । नेपालको नक्सामा छुटाईएको लिम्पियाधुरा सहितको भुभागलाई समेटेर अद्यावधिक गरिएको राजनीतिक, प्रशासनिक नक्सा प्रकाशन गर्नकालागि सल्लाह सुझाव सहित साथ सहयोग दिनु हुने नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) सहित सबै राजनीतिक दल , शिर्ष नेतृत्व , अहोरात्र खट्नु हुने सिमा बिध , विज्ञ , नागरिक समाज , राष्ट्रसेवक कर्मचारी , सञ्चारकर्मी मित्रहरु एवं सम्पुर्ण सञ्चारमाध्यमप्रति नेपाल सरकारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु । हामी सबै नेपाली एकताताबद्ध हुन सक्यौं भने जस्तो सुकै भिमकाय चुनौतीलाई पनि सामना गर्ने गर्न सक्ने सामर्थ्य हुन्छ । सिमासँग जोडिएका बाँकी अभिभारा पुरा गर्न एकाकार भएर अगाडि बढौं ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।