अब धनकुटामै पिसिआर परिक्षण ल्याब
धनकुटा खबर । अब पि.सि.आर. परिक्षण ल्याब धनकुटामै स्थापना हुने भएको छ । सांसद राजेन्द्र राईले फेसबुकमा स्ट्याटस पोष्ट गर्दै यस्तो जानकारी दिएका हुन ।
पूर्वि पहाडी जिल्लाहरुको लागि पि.सि.आर. मेसिनबाट स्वाव परिक्षण गर्न बिराटनगर र धरानमा भर परिरहनु परेको अवस्थामा आफ्नै गृह जिल्ला धनकुटामा स्थापना हुन लागेको पि.सि.आर. ल्याबले छिमेकि जिल्लाका बासिन्दालाई समेत सहज हुने बताएका छन । यस्तो छ उनको स्ट्याटस्
“अब पि.सि.आर. परिक्षण ल्याब अब धनकुटामै स्थापना हुने भएको छ । पूर्वि पहाडी जिल्लाहरुको लागि पि.सि.आर. मेसिनबाट स्वाव परिक्षण गर्न बिराटनगर र धरानमा भर परिरहनु परेको अवस्थामा हाम्रै गृह जिल्ला धनकुटामा स्थापना हुन लागेको पि.सि.आर. ल्याबले छिमेकि जिल्लाका बासिन्दालाई समेत सहज हुनेछ ।”



