धनकुटाका २५ बर्षीय एक युवा बे प त्ता !
धनकुटा खबर, जेष्ठ २० । धनकुटाको चौविसे गाउँपालिका ७ मौनबुधुकका एक युवक वे,पत्ता भएकाछन् । अन्दाजी २५ वर्षका युवराज लिम्वु नाम गरेका ती युवा गएको जेष्ठ १० गते घरबाटै बे,पता भएको परिवारले जनाएको छ ।
वे,पत्ता युवाको खोजिका लागि मौनावुधुक प्रहरी चोकीमा भनिएको भएपनि अहिले सम्म फेला नपरेको जनाईएको छ ।
लिम्वुको देब्रे हातको नाडीमा आगोले पोलेको खत रहेको भन्दै उनका परिवारले कहि कतै कसैले देखेको खण्डमा सम्वन्धित परिवार अथवा प्रहरीलाई खबर गर्दिन अनुरोध गरेकाछन् वा मोवाईल नं ९८२०७०५६९६ र ९८०४३२११५२ मा स,म्पर्क गरि जानकारी गराईदिन भनेकाछन् ।


