बुटवलकाे कोरोना अस्पतालबाट चार जना निको भएर घर फर्किए
रुपन्देही, जेठ २१ गते । प्रदेश नं ५ मा कोरोना भा,इरस स,ङ्क्रमणसँगै निको हुनेको सङ्ख्या बढ्दैगएको छ ।
बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वा,स्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना स,ङ्क्रमण निको भएको छ ।
कपिलवस्तुका तीन र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी निको भएर घर फर्किएको अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।
निको हुनेमा अर्घाखाँची तथा कपिलवस्तुका मायादेवी, बुद्धभूमि र यशोधरा गाउँपालिकाका छन् । उनीहरू सबै गत वैशाख २९ गते अस्पतालमा भर्ना भएको डा. थापाले बताउनुभयो । यससँगै धागो कारखानाको अस्पतालबाट निको भएर घर फर्किनेको सङ्ख्या १९ पुगेको छ ।रासस


