काखको छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा. शान्ति भुर्तेल

नारायण अधिकारी

भरतपुर , जेठ २१
दुई बालबालिका माइतीमा छाडेर डा. शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिरहेकी छन्। भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १० गतेबाट सो अस्पतालको प्रमुख उनलाई तोकिएको छ।

कपिलवस्तुको वाणगंगा स्थायी घर भएकी डा. शान्तिको माइती भरतपुरमै छ। माइतीमा तीन वर्षीया छोरी आरभी र नौ वर्षीय छोरा आरभलाई राखेर उनी भने कोरोना अस्पतालमा खटिरहेकी छन्। सासू–ससुराको नि,धनपछि श्रीमान् डा. धीरेन्द्र नेपालको गत वर्ष निधन भएसँगै परिवार आफैँले सम्हाल्दै आएकी उनी परिवारको व्यवस्थापनसँगै आफ्नो जिम्मेवारीमा खटिरहेकी छन्।

कोरोना अस्पतालमा केही दिनयता स्वाब संकलन गर्न छाडे पनि त्यहाँ रहेका चार संक्रमितको चौबीसै घण्टाको व्यवस्थापन उनको थाप्लोमा छ। उनीहरुको खानपानदेखि स्वास्थ्योपचार मात्र होइन, त्यहाँ कार्यरत २७ कर्मचारीको खानपान र बसोबासको व्यवस्थापन उनी आफैँले गर्दै आउनुभएको छ ।

उच्च जोखिममा काम गर्नुपर्ने भए पनि सं,क्रमित निको पार्न र सं,क्रमण सार्नबाट रो,क्न उनको व्यवस्थापन प्रभावकारी देखिन्छ। दैनिक सं,क्रमितसँग टेलिफोन र भिडियोकलबाट उनीहरुको अवस्था उनले बुझ्ने गर्छिन्। कुनै समस्या भएमा तत्काल समाधान गर्ने उनको दैनिकीमा पर्दछ। उनले भने, ‘दिउँसो त म अस्पतालमै हुन्छु, साँझ–बिहान जतिबेला समस्या पर्छ त्यतिबेला यहाँ आउँछु।’

खानादेखि औषधिसम्मको चाँजोपाँजो आफैँले मिलाउनुपर्ने भएकाले चौबीसै घण्टा ध्यान अस्पतालमा नै हुने उनले बताइन्। डा शान्ति बिरामी थपिँदै गर्दा अस्पतालमा गर्ने व्यवस्थापनको पूर्वतयारीमा यतिबेला जुटिरहेकी छन्। ‘गुनासो कसैको नआउने गरी व्यवस्थापनमा जुटेको छु’, उनले भनिन् ‘संक्रमितलाई सकेसम्म छिटो सं,क्रमणमुक्त भएर फर्काउन सकियोस् भन्ने चाहना छ।’

संक्र,मितसँग प्रत्यक्ष काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाअनुसार काम गराउन उनी तल्लीन छन्। जसका कारण संक्रमण उनीहरुलाई नफैलियोस् भन्ने उद्देश्यका साथ अस्पतालमा काम गरिरहेको उनले बताइन्। उनले नेतृत्व गरेपछि अस्पतालले झण्डै ६०० जनालाई सेवा दिइसकेको छ। अस्पतालको नेतृत्व गरिरहँदा स्वास्थ्यकर्मी, कर्मचारी होटलको क्वारेन्टिनमा बसिरहेका छन् भने उनी अस्पतालकै आवासको क्वारेन्टिनमा बस्दै आएकी थिइन्। दुई दिनअघि स्वाब परीक्षण गरी अहिले रातको समयमा छोराछोरीसँगै माइतमा बस्दै आएकी छन्।

माइतीका हजुरआमा, बुबा, आमा, बहिनी ज्वाइँ सबैको साथ र सहयोगकै कारण आफू अस्पतालमा खट्न पाएको उनले बताइन्। उनले संक्रमण सर्न नपाओस् भनेर सावधानी अपनाएरै काम गरेको बताइन्। ‘सं,क्रमित थपिँदै गर्दा फेरि क्वारेन्टिनमै बस्नुपर्ने छ’, उनले भनिन्, ‘यो संकटको समयमा पारिवारिक पीडा र समस्या पन्छाएर स्वास्थ्यकर्मी, चिकित्सक कार्यक्षेत्रमा खटिएनौँ भने कसले उपचार गर्छ।’ एनेस्थेसियाका नवौ तहकी भुर्तेल छोटो समयमा विभिन्न अस्पतालको अनुभव हासिल गरिसकेकी छन्। उनले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी, डा प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी, शान्ति सापकोटालगायत सम्पूर्ण कर्मचारीको साथ र सहयोगका कारण काम गर्न आफूलाई सहज भएको बताइन्।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले डा. भूर्तेलले कोरोना अस्पतालको व्यवस्थापन प्रभावकारी ढंगले गरिरहेको बताए अहिलेको परिस्थितिमा चिकित्सक, स्वास्थ्यकर्मीमा जिम्मेवारी उच्च भएको भन्दै सबैले आ–आफ्नो कर्तव्य पूरा गरेमा सं,क्रमणबाट जोगिन सकिने उनको भनाइ । परिवारिक पीडा भुलेर राष्ट्र र जनताका लागि सबैले डा भुर्तेल झैँ जोखिम मोलेर राष्ट्र सेवामा समर्पित हुने बेला आएको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।