कर नबुझाए जरिवाना गर्ने सरकारको निर्णय फिर्ता लिन माग

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले जेष्ठ २५ गते सम्म मूल्य अभिवृद्धी कर अन्त शुल्क, अग्रिम आयकरको विवरण र कर नबुझाएमा जरिवाना गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ ।

संघले आज गर्दै आज एक विज्ञप्ती प्रकाशित गर्दै उद्योगी व्यावसायीहरुको हित विपरित ल्याएको सो निर्णय फिर्ता नलिए स शक्त आन्दोलनमा उत्रिने चेवानी समेत दिएको छ ।

लक डाउनको समय सून्य समयम भएकाले पछिल्लो पटक सरकारको निर्णय अनुसार नै जेष्ठ ३२ गते सम्म लकडाउन जारी रहेकोले जेष्ठ २५ गते सम्म उद्योगी,व्यापारी,व्यावसायीहरुले कुनै पनि हालतमा बुझाउन नसक्ने हुँदा सरकारले सो निर्णय फिर्ता लिनुपर्ने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।

यतिवेला व्यावसायीहरुलाई उत्साहीत बनाउने निर्णयहरु गर्नु पर्नेमा उल्लेखित मितिमा मूल्य अभिवृद्धी कर अन्त शुल्क, अग्रिम आयकरको विवरण र कर नबुझाएमा जरिवाना गर्ने सरकारको निर्णयले व्यावसायीहरुलाई राहतको सट्टा आहत पुगेको विज्ञप्तीमा जनाइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनको कारण करिव अढाई महिना अघि देखी उद्योग,व्यापार,व्यावसाय बन्द भएकोले ब्यावासयीहरु चरम आर्थिक मारमा परिरहेको अहिलेको संकटपूर्ण अवस्थामा सरकारले बजेट मार्फत उद्योगी व्यायपारीहरुका लागि विशोष प्याकेज सहितको सहुलियत कार्यक्रम ल्याउनु पर्नेमा उल्टै व्यावसायीहरुको प्रतिकुल हुने निर्णय गर्नु अत्यन्तै विडम्बना र दु ख दायी भएको विज्ञप्तीमा भनिएको छ ।

सकारकलाई उद्योगी,व्यावसायी मैत्री बन्न अनुरोध गर्दै सरकारले तोकेको सो अवधिमा कुनै पनि हालतमा व्यावसायीहरुले मूल्य अभिवृद्धी कर अन्तशुल्क तथा अग्रिम आयकरको विवरण र कर बुझाउन नसक्ने भएकाले सो निर्णय फिर्ता लिन बिशेष अपील गरिएको र निर्णय फिर्ता नलिएमा उद्योगी,व्यावसायी र व्यापारीहरु चरणबद्ध र सशक्त आन्दोलनमा उत्रने समेत धनकुटा उद्योग बाणिज्य संघले विज्ञप्ती मार्फत चेवानी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।