महालक्ष्मी नगरस्थित एक क्वारेन्टाईनमा राखिएका ४ जनालाई नेविसंघ धनकुटाको १४ दिनको खाना
धनकुटा खबर, जेष्ठ २३ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ मारेक कटहरेमा क्यारेन्टाईनमा रहेकालाई खाना, खाजाको सम्पूर्ण खर्च नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्यामपसका सभापति यूवा नेता करुणा कटुवालले प्रदान गरेका छन ।

धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको वडा नं १ को श्री शारदा मावि पारी खाप्प्राङ्गमा स्थापना गरिएको क्वारेनटाईनमा राखिएको सोही बडाका ४ जनालाई १४ दिनको खाना, खाजाका लागि ने.वि.संघ धनकुटा क्याम्पस समितिका सभापति कटुवालले वडाध्यक्ष टेक वहादुर गुरुङ्गलाई नगद १६ हजार ८ सय रुपैया प्रदान गर्नु भएको हो ।


