धनकुटाको चौविसेमा ९० प्रतिशत सकियो योजनाको काम

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिकाको चालु आर्थिक वर्षको योजनाको काम झण्डै ९० प्रतिशत सकिएको छ ।

गाउँपालिकाकी उपप्रमुख यज्ञ कुमारी रुचालका अनुसार चालु आव सकिन १ महिना वढी समयबाँकी हुँदा गाउँपालिका स्तरिय योजना अन्तर्गत धपड ताल निर्माण, कुरुले लाप्से सडक निर्माण, राजारानी मौनावुधुक वोधे सडक, गाउँपालिकामा कभर्डहल निर्माण, विद्यालय भवन निर्माण योजनाको काम सकिएकाछन् ।

त्यस्तै प्रदेश स्तरिय योजना अन्र्तगत आमडाडा जरुवा खोला सडक, चाँदनी ठूलढुङ्गे छरुवा अठारसय ग्रामिण कृषि सडक, राजानरानी रिङ्गरोड निर्माण कार्य जारी छ भने शहिद नारायण प्रसाद मुगु पार्क सम्म जाने वाटो निर्माण, गाउँपालिकाको खेल मैदान स्तरोन्नतीको काम पनि जारी छ ।

गाउँपालिकाको ८ वटा वडाको तालिम तथा गोष्ठिको वजेट कोरोना कोषमा जम्मा गरिएको वडा स्तरिय ६४ वटा योजनाको सम्पूर्ण काम सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष रुचालले वताउनुभयो ।

त्यस्तै कृषी तर्फको वजेट फौजि किरा नियन्त्रणका लागि गाउँपालिकाको १६ सय किसानले ३५ हजार रोपनी क्षेत्रफलमा लगाएको वालिमा विषाधि स्प्रे गरेको र किसानहरुलाई किवि तथा अन्य फलफूल एवम् वालिको विउ विजन प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖