उद्याेग वाणिज्य संघ धनकुटालाई हाेमियाेप्याथिक औषधी
धनकुटा खबर । जनभावना होमियोप्याथिक हस्पिटल प्रा.लि. धनकुटाले आज कोरोना भाईरस नियन्त्रका लागि भन्दै धनकुटा उद्याेग वाणिज्य संघलाई हाेमियाेप्याथिक औषधी प्रदान गरेको छ ।
जनभावना होमियोप्याथिक हस्पिटल प्रा.लि. का सञ्चालक डा. खगेन्द्र कटुवालले धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र कोषाध्यक्ष रुपेश श्रेष्ठलाई एक समारोहका वीच कोरोना भाईरस विरुद्ध राेग प्रतिराेधात्मक क्षामता (ईम्युनिटी पावर) बढाउने होमियोप्याथी विधिबाट तयार गरिएको औषधी प्रदान गर्नु भएको हो ।

सो अवसरमा डा. कटुवालले विश्व मै यो औषधीले कोरोना भाईरस लाग्नबाट बचाउदै आएकोले यो औषधी लोकप्रिय बन्दै गएको वताउनु भयो । संघका अध्यक्ष राईले कोरोना भाईरस लाग्न नदिन धनकुटाका उद्योगी, व्यापारी र व्यावसायीहरुलाई भावना होमियोप्याथिक हस्पिटल प्रा.लि. धनकुटासँगै समन्वय गरि उपलव्ध औषधी प्रदान गर्ने वताउनु भयो ।


