पूर्वको प्रमुख नाका भेडेटारमा औषधी तथा सुरक्षित सामाग्री वितरण

धनकुटा खबर । पूर्वको प्रमुख नाका, पर्यटकीय स्थल धनकुटाको भेडेटारमा आज कोरोना भाईरस विरुद्ध रोग प्रतिरोधात्मक क्षमता (ईम्यूनिटी पावर) बढाउने औषधी तथा सुरक्षित सामाग्री वितरण गरिएको छ ।

धनकुटा उद्योग बाणिज्य संघले जनभावना होमियोप्याथी हस्पिटल प्रा लि धनकुटाको सहकार्यमा सो औषधी तथा सूरक्षित सामाग्री त्यहाँका सूरक्षाकर्मी, स्वास्थ्यकर्मी र व्यावसायीहरुलाई वितरण गरेको हो ।

यो ठाउँ पूर्वकै पर्यटकीय केन्द्र तथा प्रमुख नाकाको रुपमा रहेको कारण अति संवेदनशिल भएकोले त्यहाँ सूरक्षा जाँचमा कार्यरत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र व्यवसायी र कामको शिलशिलामा भेडेटार आएका खुवाफोक, डाडाबजार, महाभारत, आहाले बुढीमोरङ्गका केही मानिसलाई समेत ती औषधि तथा सामाग्री वितरण गरिएको धनकुटा उद्योग वाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।

संघले आफ्ना सदस्यहरुलाई पनि अव ईम्यूनिटी पावर वढाउने औषधी वितरण गने अध्यक्ष विजय सन्तोषी राईले वताउनु भएको छ । भेडेटारमा आज ती सामाग्री वितरण गरिउको प्रति भेडेटार प्रहरी चौकीका इञ्र्चाज युद खड्का र भेडेटार होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र राईले धनकुटा उद्योग बाणिज्य संघलाई धन्यवाद ज्ञापन गरेका थिए।

औषधि वितरण कार्ययमा संघका राई सहित सागुरीगढी गाउपालिका वडा नं ५ का वडाध्यक्ष पलक वहादुर वस्नेत, ६ नं वडाध्यक्ष यम प्रकाश मगर लगायतको सक्रिय सहभागिता थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖