दैलेखमा आइपुग्यो पीसीआर मेशिन, तीन दिनभित्र परीक्षण सुरू हुने

दैलेख । को’रोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन आइपुगेको छ। संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पीसीआर मेसिन आवश्यक भएकाले सांसद शर्माको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत यस वर्षका लागि ठेक्का खुलाएर बचेको रु एक करोडले मेसिन खरीद प्रक्रिया थालिएको थियो ।

अहिले मेसिनसँगै एक हजार थान स्वाब सङ्कलन किट पनि आएको छ । डा. रवीन खड्कासहित आठ स्वास्थ्यकर्मीको टोलीमा ल्याब टेक्निसियन लगायतको सहभागिता छ। पीसीआर मेसिनको प्राविधिक व्यवस्थापन मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहसहितको टोलीले गर्ने सांसद शर्माले जानकारी दिए । शुरुमा दैनिक तीन सय जनाको जाँच हुने जनाइएको छ ।

कर्णाली प्रदेश सभाका सदस्य अमरबहादुर थापाले जनतालाई कोरोना संक्रमणबाट बचाउन करीब रु ७० लाखको लागतमा आइसोलेसन अस्पताल निर्माण पनि शुरु गरिएको जानकारी दिए। यसैबीच कामको खोजीमा भारत गएका दैलेखका ४२ हजार नागरिक जिल्ला भित्रने क्रम बढेको छ । दैलेखमा आएर क्वारेन्टिनमा बसेकामध्ये अधिकांशको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै अहिले दैलेख ‘रेड जोन’मा परेको छ । दैलेखमा ७२३ जनामा को’रोना संक्रमण देखिएको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।