स्याङ्जामा १२ महिने शिशुसहित थप २२ जनामा कोरोना
माधव गैह्रे/स्याङ्जा, १३ असार । जिल्लामा थप २२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । एक १२ महिनाको शिशुसहित थप २२ जना कोरोना संक्रमित थपीएका हुन् ।
संक्रमित हुनेमा अर्जुन चौपारी गाउँपालिकाका मात्रै १९ जना रहेका छन् । यसैगरी बिरुवा गाउँपालिकाका १ जना र पुतलीबजार नगरपालिकाका तथा वालिङ नगरपालिकाका १-१ जना रहेकाे जनाइएकाे छ ।
यो सँगै स्याङ्जामा संक्रमितकाे कुल संख्या १५९ पुगेकाे छ । हालसम्म २२ जना निको भएर घर फर्केका छन् ।-न्यूज२४


