एकल महिलाहरुकाे संस्थालाई प्राथमिकताको आधारमा सहयाेग गर्ने – सांसद राजेन्द्र राई

धनकुटा खबर । प्रतिनीधिसभा सांसद राजेन्द्र कुमार राईले एकल महिलाहरुकाे संस्थालाई प्राथमिकताको आधारमा सहयाेग गर्ने वताउनु भएकाे छ ।

सती प्रथा अन्त्य भएकाे १०० वर्ष पूरा भएकाे दिनकाे अवसरमा मानव अधिकारका लागि महिला एकल महिला समूह धनकुटाले “हामी वाँचेका छाै” भन्ने मूल नाराका साथ आज आयाेजना गरेकाे “एकल महिलाहरुकाे समस्या र वर्तमान अवस्था” विषयक कार्यक्रमलाई सम्वाेधन गर्दै उहाँले त्यस्ताे वताउनुभएकाे हाे । उहाँले एकल महिलाहरुकाे हक अधिकारकाे वारेमा संविधानमै व्यवस्था गरेकाे भन्दै प्राथामिक्ताकाे अाधारमा सहयाेग गर्ने धारणा राख्नुभयाे ।

त्यस्तैगरी संविधानसभा सदस्य अञ्जना ताम्लिले संविधानले नै एकल महिलाहरुकाे अधिकारलाई सम्वाेधन गरेकाेले स्थानिय,प्रदेश र संघिय तीन तह कै सरकारले संविधानकाे मर्मलाई ध्यानमा राखुनुपर्ने वताउनुभयाे । कार्यक्रममा वाेल्दै धनकुटा नगरपालिकाका उप- प्रमुख सकुन्तला वस्नेतले श्राेत,साधानले भ्याए सम्म एकल महिलाहरुलाई स्थानिय सरकारकाे तर्फबाट सहयाेग गर्ने विश्वास दिलाउनुभयाे ।

मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष मिना राईकाे अध्यक्षतामा सञ्चालित कार्यक्रममा अन्तरपाटी महिला सञ्जाल धनकुटाकी सचिव सुमना तिम्सना, व्रम्हाकुमारी राजयाेग सेवा केन्द्रकी प्रमुख निर्मला ढकाल लगायतले शूभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा समूहकी अध्यक्ष राईले कार्य पत्र प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन WHR की स्वयम् सेवक निशा राईले गर्नु भएकाे थियाे भने स्वागत मन्तव्य समूहकी उपाध्यक्ष ईश्वरी श्रेष्ठले राख्नुभएकाे थियाे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖