धनकुटामा फेरि थप ३ जनामा कोरोना संक्रमण पुष्टि
धनकुटा खबर, असार ३० । धनकुटा जिल्लाका ३ जना व्यक्तिमा फेरि कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको छथर जोरपाटी गाउँपालिकाका ३८ र ३९ वर्षका २ जना र शहिदभूमिका २८ वर्षका एकजना गरि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
कोरोना परिक्षणका लागि अस्ति २६ गते उनिहरुको स्वाव संकलन गरि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो । कोरोना संक्रमण पुष्टि भएका तीनै जनालाई उपचारका लागि मोरङ् गोठगाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयको आईसोलेशनमा पठाईने प्रमुख गुरागाईले वताउनुभयो ।
यसअघि यहाँका ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनिहरु सवैजना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।


