धनकुटाका थप २ जनामा कोरोना संक्रमण पुष्टी
धनकुटा खबर । धनकुटाका थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । छथरजोपाटी गाउँपालिका २ र ३ का ४० र ३० बर्षिय एक एक जना मा कोरोना संक्रमण पुष्टी भएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिनु भयो ।

संक्रमितहरुको रिपोट अबेर राती आएको र उनिहरु लाई विहानै गोठगाउँको कोभिड अस्पताल पठाइ सकिएको समेत प्रमुख गराँगाईले जानकारी दिनु भयो । संक्रमित दुवै जना विदेश बाट आएका र उनिहरु छथरजोरपाटी गाउँपालिकाको सामुदायीक भवनको क्वारेन्टाइनमा नै रहेको जनाईएको छ ।


