धनकुटाको सल्लेरी क्षेत्रमा रोपियो एभोकाडो र कागतीका विरुवा
धनकुटा खबर । धनकुटा उद्योग वाणिज्य संघको कार्यालय परिसर सल्लेरी क्षेत्रमा आज फलफूलको विरुवा रोपिएको छ । धनकुटा उद्योग वाणिज्य संघको दिगो आर्थिक उर्पाजनका लागि फलफूल खेति कार्यक्रम अन्र्तगत एभोकाडो र कागतीका विरुवा रोपिएको हो ।
विरुवा रोपण कार्यक्रमको बरखगण सल्लेरी व्यारेकका गणपती कर्णल भगवान थापामगर र धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष बिजयसन्तोषी राईले शुभारम्भ गरेका थिए । त्यस क्षेत्रमा एभोकाडो, तेजपात, कागती अम्वा लगायत विभिन्न जातका २ सय विरुवा रोपिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष राईले जानकारी दिनु भयो ।

आज रोपिएका फलफूलका विरुवाहरुवाट ३ बर्ष पछि देखि बार्षिक ७ लाख देखि १० लाख सम्म आम्दानी गर्ने लक्ष लिईको संघले जनाएको छ । कार्यक्रमा धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्र कुमार विष्ट, महिला उपाध्यक्ष निर्मला राई, महासचिव रामबहादुर गोङवा सचिव श्रीराम रायामाझी कोषध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्य रेजिना पालिखे रिदम श्रेष्ठ, रेवतीप्रसाद अधिकारी,उज्वल कर्माचार्य , सुनिता थापा लगायत कार्यलयका कर्मचारी र सुरक्षाकर्मीको उपस्थिती थियो ।


