चौबिसै घण्टा खानेपानी सेवा दिन आफै लागे धनकुटाका मेयर !

धनकुटा खबर । चौबिसै घण्टा खानेपानी सेवा दिने प्रतिवद्धता अनुसार लापारवाही भएकोले उक्त समस्या समाधान गर्न धनकुटा नगरपालिकाका मेयर आफै लागिपरेका छन् ।

नगरका मेयर चिन्तन तामाङको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति गठन गरी अब धनकुटा बजारमा खानेपानी समस्या समाधान हुने जानकारी दिईएको छ ।

खानेपानी सरसफाई उपभोक्ता समितिे सोमबार एक पत्रकार सम्मेलन गरेर यस अघि खानेपानीमा भएका लापारवाहीलाई सुधारेर वितरणमा उच्च प्राथमिकता दिने प्रतिवद्धता जनाएको छ ।

पत्रकार सम्मेलनमा मेयर तामाङले खानेपानी उपभोगको अधिकार सुनिश्चित गर्न चुनौति मोलेर यो काममा लागिपरेको जानकारी दिनुभयो । दोस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत एशियाली बिकास बैंकका र उपभोक्ताहरुको २३ करोड लागतमा २०७० सालमा धनकुटामा लिफ्टिङ पद्दतीबाट खानेपानी आयोजना सम्पन्न गरिएको थियो ।

आयोजनाले घनकुटामा ५० बर्षका लागि धनकुटामा खानेपानीको समस्या समाधान हुने भन्दै २४ घण्टे पानीको आश्वासन दिईएको थियो । यद्यपी बिगत प्रारम्भिक समय देखि नै धनकुटा नगरपालिकामा खानेपानी वितरणमा प्राविधिक समस्याहरु देखापर्देआएका छन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖