धनकुटामा अपांगको कोटामा नेताका सपांग जागिरे !

धनकुटा खबर । धनकुटाको एक बिद्यालयमा अपांङ्ग शिक्षक कोटामा अनियमितता गरी सपाङ्ग आफन्तलाई जागिर खुवाएको भन्दै दृष्टिबिहिन जिल्ला कार्यसमितिले बिरोध जनाएको छ ।

सहिदभूमि गाउँपालिका वडा नं. ७ मा रहेको सिहदेवी मा.बि. साप्तिनटारमा रहेको बिद्यालयमा गाउँपालिकाकी उपाध्यक्षको नातेदारलाई जागिर खुवाईएको संघले जनाएको छ ।

उक्त स्थानमा कार्यरत एक दृष्टिबिहिन महिला शिक्षक स्थाई भई अन्यत्र गएपछि रिक्त रहेको पदमा नियुक्तिमा अनियमितता गरेको उनीहरुको आरोप छ ।

शिक्षा तथा मानव बिकास केन्द्रको परिपत्र अनुसार रिक्त पदमा दृष्टिबिहिनहरु बीचको प्र्रतिष्प्रधाबाट शिक्षक छनौछ गर्नुपर्ने भएपनि त्यको बिपरित गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

लकडाउनको अबस्थामा ३ पटक सम्म सार्वजनिक सूचना जारी गर्दापनि कुनै अपांगता भएको ब्यक्तिको दरखास्त नआएको हुंदा सपाङ्गलाई नियुक्ति दिईएको भन्ने बिद्यालयको व्यहोरा प्रति बिज्ञप्तीमा घोर भत्र्सना गरिएको छ ।

यस बिषयमा संघले गाउँपालिकामा ज्ञापन पत्र बुझाएप पनि कुनै सुनुवाई नगरेको संघका अध्यक्ष चन्द्रहाङ्ग लिम्बुद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त राहत कोटामा अपाङ्गता भएका व्यक्तिलाई नियुक्ति दिएर आफ्ना मागहरु पुरा नभए कानुनी बाटोमा जाने उनीहरुले चेतावनी दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।