बिद्युत प्राधिकरणको काम प्रति नागरिक समाज धनकुटाको चेतावनी

धनकुटा खबर । पर्याप्त बिद्युत भएपनि खराब बितरणका कारण जनजीवनमा प्रभावित भएको भन्दै नागरिक समाज धनकुटाले बिद्युत प्राधिकरण धनकुटालाई ज्ञापन–पत्र बुझाएको छ ।

निरन्तर बिद्युत उपलब्ध नगराए प्राधिकरण बिरुद्ध कडा अभियान चाल्ने चेतावनी दिदै समाजले प्राधिकरणलाई ध्यानाकर्षण गराएको हो । कोरोनाले आ,क्रान्त बनाएको बेला बिद्युत खपतको अधिक आवश्यक रहेको बेला खराव बिद्युत बितरणले जनतालाई आघात परेको समाजको ठहर छ ।

प्राधिकरणको लापारवाहीका कारण बत्ति नआउने र आएपनि बारम्बार गईरहने कारणबाट जिल्लाको काम कारवाहीमा असर परेको ज्ञापन–पत्रमा उल्लेख छ । लकडाउनका कारण जुम मिटिङ, भर्चुअल मिटिङ, अनलाईन कक्षा, टेलिभिजन तथा रेडियो कक्षा लगाएतका गतिबिधिहरु प्रभावित भएको उल्लेख गरिएको छ ।

नेपाल बिद्युत प्राधिकरण केन्द्रिय कार्यालय,जिल्ला प्रशासन र पत्रकार महासंघलाई बोधार्थ गराउँदै समाजका अध्यक्ष सुन्दरबाबु श्रेष्ठको नेतृत्वमा ज्ञापन–पत्र बुझाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖