धनकुटाबाट आज देखि सवारी पास वितरण नहुँने
धनकुटा खबर । गृह मन्त्रालयले लकडाउनका बेलादेखि वितरण हुँदै आएको सवारी पास नदिन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालय धनकुटाबाट जारी हुदै आएको सबै सवारी पास वितरण नहुने जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ ।
कोभिड १९ संक्रमणको जोखिमलाई कम गर्न भन्दै आजबाट अर्को व्यवस्था नभए सम्मका लागि सबै प्रकारका सवारी पास वितरण बन्द गरिएको प्रसाशनले जनाएको छ । कोभिड १९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै अहिले जारी हुँदै आएको पास अब नदिने भनेको छ ।



