कोरोना संक्रमणबाट नेपालमा थप तीन जनाको मृ त्यु

काठमाडौं, भदौ २ । कोरोना संक्रमणको कारण नेपालमा थप तीन जनाको मृ त्यु भएको छ।

पछिल्लो पटक पाटन अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृ त्यु भएसँगै आज मात्रै ज्यान गुमाउनेको संख्या तीन पुगेको हो।

नवलपरासीका ३७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान मृ त्यु भएको अस्पतालका निर्देशक प्रा.डाक्टर रबि शाक्यले जानकारी दिए।

यसअघि ती पुरुषको पथ्थरीको अप्रेसन गरिएको देखिएको उनले बताए। ‘छातीमा समस्या भएपछि उहाँ ३० साउनमा अस्पतालमा भर्ना हुनु भएको थियो,’ उनले नेपालखबरसँग भने, ‘उहाँमा कोरोन पोजिटिभ थियो, उपचारकै क्रममा आज बिहान मृ त्यु भयो।’

यसअघि गएराति काभ्रे र बाँकेमा पनि कोरोना संक्रमणको कारण दुई जनाको मृ त्यु भएको थियो। उनीहरु दुबै पुरुष हुन्।

आज ज्यान गुमाउने तीनसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या एक सय १० पुगेको छ। आज ज्यान गुमाउनेहरुको स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न भने बाँकी छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।