धनकुटा जिल्लालाई नै निषेधित क्षेत्र घोषणा गरियो !

धनकुटा खबर । जिल्ला प्रसाशन कार्यालय धनकुटाले आज राती १२ बजे देखि लागु हुने गरी धनकुटा जिल्लालाई नै निषेधित क्षेत्र घोषणा गरेको छ ।

कोरोना संक्रमणको जोखिमलाई कम गर्न भन्दै प्रशासनले संक्रामक रोग ऐन २०२० अनुसार धनकुटा जिल्ला भरी लागु हुने गरी आज राती १२ बजे देखि यही भदौ ११ गते राती १२ बजे सम्मका लागि निषेधित क्षेत्र घोषण गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिनु भयो ।

कोभिड १९ रोगको संक्रमण नियन्त्रण र व्यावस्थापन गर्नका लागि निशेधित क्षेत्र घोषण गरिए पनि औषधी पसल, खाद्यय बस्तुका पसल दमकल, एम्बुलेन्स र अत्याबश्यक सेवाका सवारी साधन भने संचालन गर्न पाइने भएको छ भने अत्यावश्यक खाद्ययन विक्रि वितरण गर्ने पसल पनि विहान ७ बजे देखि १० बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म मात्र खोल्न पाइने भएको छ भने अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र सबैलाई घरमै बस्न समेत प्रसाशनले आग्रह गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।