धनकुटाका पसल अगाडी डिस्टेण्ड निर्धारण गरी चिन्ह लगाइयो
धनकुटा खबर । उद्योग वाणिज्य संघ धनकुटाले धनकुटामा समुदायमा कोरोना भाईरस फैलन नदिनका लागी आज सामाजिक दुरी कायम गर्न अभियान अनर्तगत पसल अगाडी डिस्टेण्ड निर्धारण गरी चिन्ह लगाई दिने कार्य सम्पन्न गरेको छ ।
धनकुटामा कोरोना संक्रमणको जोखिमलाई कम गर्ने उदेश्यका साथ धनकुटाका बजारका प्रत्येक पसल अगाडी सामाजिक दुरी कार्यम गर्न दुई मिटरको दुरीमा डिस्टेण्ड चिन्ह लगाई दिने कार्य भएको उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिनु भयो ।
सामाजिक दुरी कायम गर्नका लागी धनकुटा उद्योग बाणिज्य संघले चैत्र दोस्रो साता पनि पहिलो चरणको सामाजिक दुरी कायम गर्ने अभियान अन्र्तगत धनकुटाका पसलहरुमा डिस्टेन्ड चिन्ह लगाउने कार्य गरेको थियो ।

कोरोना भाईरसबाट बच्ने एक मात्र विश्वाससिलो आधार सामाजिक दुरी कायम गर्ने,अनिवार्य माक्स लगाउने र सेनिटाइजर वा सावुन पानीले वारम्वार हात धुने भएकोले धनकुटा उद्योग बाणिज्य संघले यस अभियान निरन्तर संचालन गरिरहेको अध्यक्ष राईले वताउनु भयो ।
धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारीहरु ,सस्दयहरु र नेपाल प्रहरीले सो अवसरमा व्यपारी तथा उपभोक्ताहरुलाई संयमित भई डिस्टेण्ड चिन्ह लगाएको स्थानमा मात्र उभिर सामाजिक दुरी कायम गरी पालै पाले समान विक्रि वितरण गर्न व्यापारी तथा उपभोक्ताहरुलाई आग्रह गर्नु भएको छ ।

धनकुटा उद्योग बाणिज्य संघले धनकुटाको भीम नारायण चौक,विचबजार,हुलाकटोल,त्रिवेणी चौक,धरहरा चौक,माथिल्लो कोप्चे,तल्लो कोप्चे लगायतका बजार क्षेत्रका दैनिक उपभोग्य समाग्रीहरु,तकारी,मासु तथा औषधी पसलहरुमा सामााजिक दुरी कायम गर्न डिस्टेण्ड चिन्ह लगाई दिई अनिवार्य रुपमा सामान विक्रि तथा विरतरण गर्दा सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु समेत वितरण गरिएको थियो ।


