कोरोना संक्रमित देखिएको भन्दै प्रसाशनले समेत गर्यो धनकुटाका केहि क्षेत्र शिल गर्ने निर्णय

धनकुटा खबर । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज राती १२ बजे बाट धनकुटा नगरपालिका वडा न ६ को केहि क्षेत्रलाई शिल गर्ने निर्णय गरेको छ ।

धनकुटा नगरपालिका वडा न ६ मा कोरोना संक्रमित देखिएको भन्दै जिल्लामा कोरोना संक्रमणको रोकथाम गर्न भन्दै आज राती १२ बजे बाट लागु हुने गरि भदौ ३१ गते बुधबार सम्मका लागि वडाका केहि क्षेत्रलाई शिल गर्ने भएको हो ।

जस अनुसार सल्लेरी स्थित खानेपानी ट्याकीरहेको टोलदेखि दक्षिण बरखगण २ नम्बर गेट देखि पश्चिम कचिडे चोक देखि उतर गुधुर्मडाँडा शिलढुङ्गगा सामुदायीक वन देखि पूर्वको चार किल्ला भित्र रहेको टोल भित्र अत्यावश्यकीय काम बाहेक लाई पूर्ण रुपमा आवत जावतमा गर्दै शिल गरिएको जिल्ला प्रसाशन कार्यालय धनकुटाले जनाएको छ ।

जारी गरिएको आदेश लाई उल्घंन वा अपहेलना गरे वा काममा बाधा पुर्याउने व्यातिm लाई संक्रमक रोग ऐन अनुसार कारबाही गर्ने समेत प्रशासनले जनाएको छ । साथै धनकुटा नगरपालिका वडा न ६ कार्यलयले समेत अत्यावश्यकीय बाहेका सेवा भदौ ३१ गते सम्म लाई बन्द गरेको जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।