दशैं नजिकिएपनि धनकुटामा खासै देखिएन घर आउने जानेको लर्को !

धनकुटा खबर । दशै आउन लाग्दै गर्दा धनकुटा सदरमसकामबाट समेत आफ्नो गाउँ घर जानेको क्रम बढ्न थालेको छ । अघिल्ला बर्षको जस्तो घर जानेको लर्को नभए पनि फाटफूट रुपमा सदसमुकाममा बसेकाहरु घर फर्कन थालेका हुन ।

धनकुटाको बस पार्क भटिएका भोजपुरका सुदर्शन राईले भने दशै आई सकेको हुदाँ आफू दशै मनाउनका लागि घर जान लागेको बताए । उनले भने कोरोनाको कारण घर मै बसिएको थियो तर बिचमा कक्षा संचाल हुने भन्दै विद्यालयले बोलाएर आईयो तर धनकुटामा कोरोना संक्रमित बढ्न थाले संगै कक्षा समेत संचाल नभएर पछि घर जान लागेको बताए ।

त्यस्तै तेह्रथुमको छथरगाउँपालिकाका चन्द्र शेखर लिम्बुले समेत दशै लागेकोले घर हिडेको बताए । कोरोनाले सबै तहस नहस भए पनि दशै गाउँमै रमाइलो हुने भएकोले घर हिडेको उनको भनाइ थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।