‘४१ राेपनि जग्गा पहिराे तान्यो – सरकारले सूरक्षित स्थानमा घर बनाई दिए हुन्थ्यो’

धनकुटा खबर । धनकुटाकाे सागुरीगढी गाउपालिकाका बाढी पहिरो पीडित परिवारलाई खाध्यान्न सहित आर्थिक सहयाेग वितरण गरिएकाे छ । साे गाउँपालिकाकाे १, २ र ७ नं वडाका ४१ घरपरिवारलाई खाध्लयान्न सामाग्री सहित आर्थिक सहयाे वितरण गरिएकाे हाे ।

यूएनडिपिकाे आर्थिक सहयोगमा पर्डेप नेपाल धनकुटा र सागुरीगढी गाउपालिकाकाे व्यवस्थापनमा वितरित सहयाेगमा प्रति पीडित परिवार ५०,५० केजि चामाल, ४,४ लिटर तेल, ३,३ केजि नुन, ३, ३ केजि चिनि, ५,५ केजि दाल र २,२ हजार नगद आर्थिक सहयोग प्रदान गरिएकाे पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीन प्रसाद सुवेदीले बताउनु भयो ।

याे वर्षको वर्षातका कारण गाउँ पालिकाकाे वडा नं १ काे साल वाेटे टाेलका १५ घरपरिवार उच्च जाेखिममा परेको वडा नं १ का वडा अध्यक्ष तिलक बहादुर लिम्बूले बताउनु भयाे । त्यस्तै गरि वडा नं १ कै तेम्बाङमा ७३ वर्षिय एक वृद्धा लेउति खाेला तर्ने क्रममा खाेलाले बगाएर मृ,त्यु भएको घर सहित साे वडाकाे विभिन्न टाेलमा २६ घर बाढी पहिराले क्षती पुर्याएकाे उहाले बताउनु भयाे ।

उच्च जाेखिममा परेका वडा नं १ काे सलबाेटे टाेलका २४ घर मध्ये १५ घर अहिले बस्ती सार्नुपर्ने अवस्थामा पुगेको वडाध्यक्ष लिम्बूकाे भनाइ छ। अहिले वडाकाे साल्बाेटे टाेलका करिब १५ घर परिवारकाे वर्षाै देखि खेतिपाति गर्दै आईरहेकाे वारी पहिराेले चिराचिरा बनाउनुका साथै दिन दिनै भासिएर गईरहेका कारण खेतीपाती पनि लगाउन नपाएको वादीमाया लिम्बूले बताउनुभयाे । उहाकाे ४१ राेपनि जग्गा पहिराे तानेपछि कमाई लाउन नपाएको भन्दै पीडा पाेख्नु भयाे ।

`घरकाे गाह्रा पुरै चर्किएका छन्, राति सुत्दा पनि डर लाग्छ राम्रो सँग सुत्न पनि पाएकाे छैन हामी खान त जसाे तसाे खान्थ्याै आज राहत पाउदात खुशी लाग्याे तर सरकारले सूरक्षित स्थानमा घर बनाई दिने व्यवस्था मिलाई दिए झन राम्रो हुन्थ्यो´´ पीडित लिम्बुले भन्नुभयाे ।

त्यस्तै साेही टाेलका मन माया मगरले पनि आफ्नाे १२ राेपनी वारी कमै लगाउन नमिल्नेगरी भत्केर गएको बताउनु भयाे । उहाँको पनि घर एक पट्टी चर्किएको छ । पहिराे पीडित सबै अहिले जाेखिम माेलेर बसिरहेका छन । गएकाे दुई महिनादेखि त्यस क्षेत्रमा पहिराे जान थालेकाे स्थानीयले बताएकाछन् । काेशी करिडोरकाे बाटाे बन्न थाले पछि त्यस क्षेत्रमा पहिराे जान थालेको स्थानीयकाे भनाइ छ ।

वडा नं २ का ३ घर र वडा नं ७ बर्जु लगायत विभिन्न ठाउँमा गरि जम्मा ४१ घरपरिवार बाढि पहिराेबाट याे वर्ष गाउँपालिकाका सर्वसाधारण पीडित भएकाे गाउपालिकाले जनाएको छ । राहत वितरण कार्यक्रममा बाेल्दै सागुरीगढी गाउपालिकाकाे अध्यक्ष कुमार जंङग याख्खाले वाढी पहिराे जस्ता विपत्तिबाट पीडित परिवारलाई व्यवस्थापन तथा सूरक्षाका लागि लागीपरिरहेको भन्दै प्रदेश तथा केन्द्र सरकार पनि यश विषयमा छलफल भईरहेकाे बताउनु भयाे ।

त्यस्तै गाउँपालिकाकाे प्रवक्ता बाल कृष्ण राईले पनि बाढी पहिराे पीडित परिवारका लागि विभिन्न सहयोगका कार्यक्रम र जाेखिम यूक्त बस्तिलाई दीर्घकालिन रुपमा व्यवस्थापन गर्ने वारे पहल भईरहेकाे जानकारी गराउनु भयाे । कार्यक्रममा उपाध्यक्ष विन्दा राई, वडा नं २ का वडा अध्यक्ष दिल बहादुर ईङ्नाम, प्रसासकिय अधिकृत सूर्य बहादुर भण्डारी, लगायत कार्यपालिका सदस्य वडा सदस्यहरूकाे उपस्थित थियो ।

पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक सुवेदीले बाढी पहिराेले पूर्णरूपमा क्षति वेहाेरेका परिवारका लागि ,कृषि ,खानेपानी लगायत विभिन्न कार्यक्रम ल्याउनका लागि आफ्नाे तर्फबाट पहल भईरहेकाे जानकारी गराउनु भएको थियोे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖