धनकुटाका थप २ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा खबर । धनकुटाका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो जिल्लाको शहिदभुमि गाउँपालिकाका १५ र धनकुटा नगरपालिकाका दुई जना गरि जम्मा १७ जनाको पिसिआर नमूना संकलन गरि कोरोना जाचका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको मध्ये धनकुटा नगरपालिकाका दुई जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

यो संगै जिल्लामा कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आउनेको संख्या ६८ जना पुगेको छ । हिजो नमूना संकलन गरिएका शहिदभुमिका सवै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै धनकुटा अस्पतालको आईसोलेसनमा उपचाररत १४ जनाको दोश्रो पटक स्वाव संकलन गरि पठाईएकोमा ५ जनाको नतिजा पुन पोजेटिभ आएको छ भने ९ जनाको नेगटिभ नतिजा आएको छ ।

पोजेटिभ नतिजा आएका मध्ये अहिले सम्म निको हुनेको संख्या ५५ पुगेको छ । अहिले जिल्लाबाटै नमूना संकलन गरिएका मध्ये १० जना र वाहिरबाट नमूना संकलन गरिएकाहरु मध्ये ३ जना सहित १३ जना अहिले धनकुटा अस्पतालको आईसोलेशनमा उपचाररत छन् ।

वाहिरबाट नमूना संकलन गरिएका पोजेटिभ नतिजा आएका एक जना निको भईसकेका छन् । यो सँगै जिल्लामा पिसिआर विधिबाट कोरोना जाच गरिएकाहरुको संख्या २ हजार २ सय ९७ पुगेको छ । ती मध्ये २ हजार २ सय २९ जनाको नेगेटिभ नतिजा प्राप्त भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।