उपराष्ट्रपतिलाई साक्षी राखेर प्रचण्डले गरे बाबुरामसँग वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ ।

नेकपाको शक्ति प्रदर्शनपछि प्रचण्ड लैनचौर पुगेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । त्यहाँ पुन, प्रचण्ड र भट्टराईबीच वार्ता भएको थियो । कुनै बेला एकै पार्टीमा रहेका प्रचण्ड र भट्टराईबीच ओलीलाई हटाउने विषयमा मत मिलेको छ ।

तर फरक फरक पार्टीबाट आन्दोलन गर्दा ओलीविरुद्ध शक्ति विकेन्द्रित भइरहेको उनीहरुले बताउँदै आएका छन् । भट्टराईले राति नै ट्वीटरमार्फत संयुक्त आन्दोलनका लागि आफूले पहल लिएको बताएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।